पाकिस्तानमा भूकम्प : १९ को मृत्यु, ३ बढी घाइते

रासस
असाेज ८, २०७६
earth_Fotor

पूर्वी पाकिस्तानमा मंगलबार ५.८ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ।

भूकम्पको केन्द्रविन्दु पाकिस्तान प्रशासित काश्मिरी शहर मिरपुरको नजिकै रहेको बताइएको छ। अमेरिकी भूगर्भ विभागका अनुसार मिरपूरबाट करीब २२ किलोमिटरमा रहेको ग्रामीण इलाका झेलमबाट उत्तरमा केन्द्रविन्दु भएर भूकम्प गएको हो।

भूकम्पमा परी हालसम्म १९ जनाको मृत्यु भएको छ। यस्तै, ३ सय जना बढी घाइते छन्।

मिरपूरका डेपुटी इन्स्पेक्टर जनरल सरदार गुल्फाराजले भने, “पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण उक्त क्षेत्रमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको र अहिलेसम्म १९ को निधन भएको जानकारी आएको छ। भूकम्पका कारण ३ सयभन्दा बढी व्यक्ति घाइते भएका छन्। ”

उद्धार गरिएका सबै घाइतेलाई स्थानीय अस्पतालमा उपचारका लागि पठाइसकिएको छ भने सरकारले उक्त क्षेत्रमा सेनासहितको टोलीलाई उद्धारका लागि पठाएको छ।

मंगलबार अपरान्ह् गएको भूकम्पका कारण पाकिस्तान प्रशासित काश्मिरका कतिपय स्थानहरूका घरहरूमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला–ठूला चिरा परेको, विद्युत्का पोलहरू ढलेको, टेलिफोनका टावरहरूमा क्षति भएको जानकारी पनि उनले दिए।

Related News

सम्बन्धित समाचार

hero news full width