लुम्लेमा महायज्ञ हुने

श्रीभद्र पौडेल
असाेज ८, २०७६
lumle temple photo_Fotor

लुम्लेस्थित कालिका मन्दिर।

अन्नपूर्ण गाउँपालिका ६ स्थित लुम्लेमा रहेको कालिका मन्दिर पुनःनिर्माण तथा संरक्षण प्रतिष्ठान सहयोगार्थ महायज्ञ हुने भएको छ।

असोज ११ देखि १९ गतेसम्म श्रीमद्भागवत महापुराण एवं देवी भागवत नवाह ज्ञान महायज्ञ गर्ने तयारी गरिएको हो। जसमा कथाशिरोमणि पं. दीपकप्रसाद पौडेलले कथा प्रवचन गर्ने कार्यक्रम छ। २०२२ सालमा स्थापना गरिएको उक्त मन्दिर क्षेत्र तथा समग्र लुम्लेलाई नै धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यका साथ यज्ञ गर्न लागिएको मूल समारोह समिति अध्यक्ष भरत देवकोटाले बताए।

जसअन्र्तगत असोज ११ मा मन्दिर परिसरबाट बाजागाजा सहित शोभायात्रा निकाली यज्ञको समुद्घाटन गर्ने कार्यक्रम छ। भोलिपल्टदेखि असोज १८ सम्म नियमित कथा प्रवचन, १८ गते भागवत् पुस्तकमा तिलार्पण, लक्ष्य बत्ती प्रज्वलन तथा रात्रि जाग्राम कार्यक्रम, १९ गते बिहान यज्ञ पूर्णाहूति गरी समापन गरिने वडाध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिए। महायज्ञ अवधिभर सामूहिक पितृतर्पण, हवन, अन्नदान, भूमिदान, तुलादान, धान्याञ्चल, ब्राम्हण भोजन, विवाह, व्रतबन्ध, गुन्यूचोली, नवग्रहपूजा, चौरासी पूजा सहित पितृको तस्वीर राखी आरती अर्पण गदै दान गर्न सकिने बताइएको छ।

यज्ञको संरक्षकमा अन्नपूर्ण गाउँपालिका तथा सह–संरक्षकमा वडा कार्यालय रहेका छन्। त्यस्तै मूल आयोजक समिति तथा विभिन्न विषयगत उपसमिति निर्माण गरि तयारीलाई तीव्र पारिएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width