महिला फुटबल टोली पोखरामा

आदर्श समाज सम्वाददाता
असाेज ८, २०७६
Nepali Womens Football Toli_Fotor

नेपालको महिला राष्ट्रिय फुटबल टोली मंगलबार पोखरा आइपुगेका छन्। नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) गेमको तयारीका लागि प्रशिक्षण लिन राष्ट्रिय महिला फुटबल टोली पोखरामा आइ पुगेको हो। नेपाली टिमले अब सागसम्मै पोखरामा रहेर तयारी गर्नेछ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सागको तयारीमा रहेको महिला टिमको तयारी पोखरामा गर्ने निर्णय गरेको हो। मुख्य प्रशिक्षक हरि खड्काले नेपालले अबको अन्तिम तयारी पोखरामा रहेर गर्ने बताएका छन्। साग मंसिर १५ बाट २४ गतेसम्म पोखरा र काठमाडौंमा आयोजना हुँदैछ। महिला फुटबल पोखरा रंगशालामा हुने खेल तालिकामा उल्लेख छ।

नेपाली टिमले पोखरामा आर्मी क्लबको मैदान र सहारा एकेडेमीको मैदानमा रहेर तयारी गर्नेछन्। सागको तयारीमा रहेको महिला टिम किर्गीस्तानमा भएको नादेझ्दा कपमा उपविजेता भएको थियो। नेपाल फाइनल खेलमा उज्वेकिस्तानसँग ३–२ गोल अन्तरले पराजित बनेको थियो।

नेपालले आयोजक कीर्गिस्तानलाई ८–२ को फराकिलो गोल अन्तरले हराएको थियो। दोस्रो खेलमा उज्वेकिस्तानसँग २–० ले पराजित बनेको थियो। लिग चरणको अन्तिम खेलमा नेपालल ताजकिस्तानमाथि १–० गोलको जित निकाल्दै फाइनल प्रवेश गरेको थियो।

प्रतियोगिताभर ७ गोल गरेकी नेपाली सावित्रा भण्डारी ‘साम्बा’ टप स्कोरर बनिन्। यसै प्रतियोगिताबाट सावित्राले पूर्व कप्तान अनु लामाको नाममा रहेको ३५ गोलको अन्तराष्ट्रिय कीर्तिमानी बराबरी गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width