‘मारुनी’ मा एलिशाको छमछमी

आदर्श समाज सम्वाददाता
असाेज ८, २०७६
Alisha Rai, MARUNI, Purbeli Geet_Fotor

पूवेर्ली भाकामा तयार पारिएको ‘मारुनी’ गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ। ‘जति हेर्यो’ बोलको उक्त ‘मारुनी’ गीतमा गायक राज पौडेलले स्वर भरेका छन्। गीतमा उमेश रेग्मीको शब्द र संगीत रहेको छ। गीतमा मोडल एलिशा राईको मुख्य फिचर्ड रहेको छ।

एलिशालाई ईटहरी र डान्स ग्रुप भीमफेदी गाइजले गीत तथा नृत्यमा साथ दिएको छ। सांस्कृतिक कार्यक्रमको थिममा तयार गरेको गीतको भिडियोलाई एलिशा राईले कोरियोग्राफी गरेकी छन्। निर्मल कुमार लामाले म्युजिक भिडियोको निर्देशन गरेका हुन्। पवन सुस्लिङले म्युजिक भिडियोको छायांकन गरेका हुन्। पवन सुस्लिङले नै म्युजिक भिडियोको सम्पादन गरेका हुन्।

Related News

सम्बन्धित समाचार

hero news full width