जय रुपाताल सहकारीमा नयाँ नेतृत्व

आदर्श समाज सम्वाददाता
असाेज ६, २०७६
jhaya rupa

लेखनाथ, ६ असोज । पोखरा महानगरपालिका वडा नं ३२ रुपातालमा रहेको जय रुपाताल बचत तथा ऋण सहकारी सस्थाको सातौं बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशनले आगामी कार्यकालका लागि ज्ञानेन्द्रराज सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा धिरज कुमार श्रेष्ठ, सचिवमा श्रीधर लामिछाने, सह सचिवमा गणेश प्रसाद भण्डारी र कोषाध्यक्षमा बसन्त जोशी रहेका छन् भने समितिको सदस्यमा लाल बहादुर सुनार, योगेन्द्र लामिछाने, विश्वराज लामिछाने, सावित्र सुवेदी,मोहनलाल जोशी, गोविन्द प्रसाद पंगेनी र मिनबहादुर थापा रहेका छन् । त्यसैगरी समितिको लेखा समिति संयोजकमा केशवराज पौडेल र सदस्यमा सूर्यबहादुर थापालाई चयन गरिएको उपाध्यक्ष धिरज कुमार श्रेष्ठले जानकारी दिए ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सहकारीको मर्म र भावना अनुसार सहकारीहरु चल्न नसक्दा तथा सेवा र बस्तुको उत्पादनमा कम चासो र पौसाको ब्यापारमा बढी ध्यान जादाँ सहाकरीले राष्ट्रिय उत्पादनमा सहयोग पुर्याउन नसकेको तितो यर्थाथ प्रस्तुत गर्दै अव सहकारीहरुले आफनो दैनिक उपभोगमा प्रयोग हुने वस्तु उत्पादन तर्फ सोच्ने बेला आएको सुझाव राखेका थिए ।

सस्थाका अध्यक्ष ज्ञानेन्द्र सुबेदीको अध्यक्षतामा भएको सो कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडाअध्यक्ष अकंलबहादुर कार्की, लेखनाथ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष विनोद कुमार श्रेष्ठ, स्थानीय समाजसेवी सुवेदार तुलबहादुर गुरुङ,रुपा गाउँपालिकाका कार्यकारी अधिकृत विष्णबाहादुर पोखरेल,वडा नं ६ का वडाअध्यक्ष नारायण प्रसाद गरुङ,सेयर सदस्य डा . बावुराम अधिकारी, हुमा गुरुङ र आमा समूहको तर्फबाट सारदा पौडेल लगाएतले आ–आफनो धारणा राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width