पोखरा, ५ असोज । विकास र समृद्धिले गति लिन नसकेको भन्दै आम नागरिकबाट गुनासो आउन थालेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकास अब द्रुत गतिमा अगाडि वढ्ने बताएका छन् ।
पोखरा–१६ को तुम्के घोरकुना खोलामा निर्माण गर्न थालिएको मोटरेवल पक्की पुलको आइतवार शिलन्यास गर्दै मुख्यमन्त्री गुरुङले विकासको चरण शुरु भएको उद्घोष गरे । पोखरा महानगरपालिकाले साविक अर्मला गाविसको घोरकुना खोलामा पुल निर्माण गर्न लागेको हो ।उनले राजनीतिक अधिकार प्राप्त भइसकेकाले अब विकासलाई गति दिन तीन वटै सरकार लागि परेको बताए । विकास निर्माणको काम गर्दा सत्ता पक्ष र प्रतिपक्ष नहुने भन्दै सबैलाई समेटेर विकासमा फड्को मार्नु नै अहिलेको आवश्यकता भएको बताए ।
कार्यक्रममा प्रदेश सांसद विन्दकुमार थापाले सरकारको रचनात्मक काम र विकासमा सदैव सहयोग गर्ने बताए । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले काममा गुणस्तर कायम गर्न कुनै सम्झौता नहुने बताए । पुल निर्माणलाई त्यहाँका स्थानीय बासिन्दाको आर्थिक उपार्जनसँग जोडेर हेर्नुपर्ने बताए । जनताले तिरेको करबाट नै महानगरले पुल निर्माण गर्न लागेकाले पुल निर्माणमा निगरानी गर्न स्थानीय जनतालाई आग्रह गरे ।
पूर्व सांसद सोमनाथ अधिकारी प्यासीले पुल निर्माणले त्यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । पोखरा महानगरपालिकाका इन्जिनियर धु्रव भट्टराईले २०७७ साल मंसिर ८ गते निर्माण सक्ने गरी महानगरले फेवा पिएलजेभी पोखरासँग सम्झौता गरेको बताए । उनका अनुसार महानगरले पुल निर्माणको अनुमानित लागत ४ करोड ६५ लाख गरेकोमा निर्माण कम्पनीले उक्त रकममा २१ प्रतिशत घटेर ३ करोड ३० लाखमा काम सम्पन्न गर्ने गरी सम्झौता गरेको छ । पुल २५ मिटर लम्बाइ र ५ मिटर चौडाइको हुनेछ ।
कार्यक्रममा निर्माण कम्पनीका प्रेम पहारीले पुललाई समयमै निर्माण गरीसक्ने प्रतिवद्धता व्यक्त गरे । पुल निर्माणपछि घोरकुना, अर्मलाकोट लगायतका ठाउँका स्थानीयबासी लाभाम्वित हुनेछन् । पोखरा महानगर वडा नम्बर १६ का अध्यक्ष जीवनप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद अचार्यले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१