जेनेस सोलुसनद्वारा यूकेएडको रोजगारीका लागि सीप कार्यक्रमसँग सहकार्य

आदर्श समाज सम्वाददाता
असाेज ५, २०७६
janas

काठमाडौं, ५ असोज । क्लाउड कम्प्युटिङ इकोसिस्टम र वेब÷सफ्टवेयर विकाससम्बन्धी विशिष्टीकृत कम्पनी जेनेस सोलुसनले सन् २०१९ अगष्ट देखि युकेएडको रोजगारीका लागि सीप कार्यक्रम (सीप)सँग सहकार्य आरम्भ गरेको छ ।

जेनेस सोलुसनका निर्देशक निरञ्जन उदास र युकेएड सीपका टिम लिडर बलजीत बोहराले जनकपुरमा आयोजित बिशेष कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत र डीएफआईडी नेपालकी प्रमुख लिजा होनानको उपस्थितिमा सहकार्य सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

यूकेएड सीपसँग साझेदारीपत्रमा हस्ताक्षरपछि जेनेसले विश्वव्यापी मान्यताप्राप्त क्लाउड कम्प्युटिङ प्रशिक्षण र प्रमाणीकरणसम्मको पहुँच प्रदान गर्ने तथा त्यसलाई अंगीकार गरि नेपालमा शैक्षिक संस्थाहरूको क्षमता अभिवृद्धिका साथसाथै नेपाल र विश्वभरी रोजगारी उपलब्ध गराउने गरि जेनेस क्लाउड एकेडेमी (जीसीए) नामको विशेष परियोजना सञ्चालन गर्ने तयारी गरेको छ ।

जेनेसले अब नेपालमा उद्योगमुखी क्लाउड कम्प्युटिङ प्रशिक्षणहरू प्रदान गर्न र अमेजनको जब पोर्टलमार्फत विश्वव्यापी रोजगारीमा पहुँचका लागि लोकप्रिय अमेजन वेब सर्भिस (एडब्लूएस) एजुकेट प्रोग्राम सञ्चालन वताइएको छ ।

यूकेएड सीपले संघीय, प्रादेशिक र स्थानीय तहका सम्बन्धित सरकारी निकायहरू, निजी क्षेत्र, दातृ निकायहरू र अन्य सरोकारवालाहरूसँग नजिकको सहकार्य सुनिश्चित गर्दै परियोजनामा सह लगानी गर्ने उल्लेख छ ।

परियोजनाको पहिलो वर्षमा जेनेसले नेपालका विभिन्न सहरहरूका (प्रदेश नं २ र ५ मा केन्द्रीत रहँदै) २५ भन्दा बढी शैक्षिक प्रतिष्ठानहरूसँग रणनीतिक सहकार्य विकसित गर्नेछ, यसअन्तर्गत विद्यार्थी र शिक्षकहरूलाई उदाउँदा क्लाउड कम्प्युटिङका विषयहरूमा पहुँचका उपकरण (एक्सेस टुल्स), पाठ्यकक्रम र प्रमाणीकरणमा मार्ग प्रशस्त गर्नका लागि एडब्लूएस एजुकेट प्रोग्राम, माइक्रोसफ्ट लर्न प्रोग्रामजस्ता अन्तर्राष्ट्रिय स्तरमा मान्यताप्राप्त तालिमका विधिहरू (मोड्युल) लाई अंगीकार गर्न प्रोत्साहित गरेने जनायएको छ ।

यो कार्यक्रमलाई एडब्लूएस एजुकेट, माइक्रोसफ्ट एजुकेसन, गुगल एजुकेसन, अलिबाबा क्लाउड एकेडेमी, सिस्को नेटवर्किङ एकेडेमी र एट्लासियन युनिभर्सिटीको सहयोग रहेको छ ।अनलाइन प्रशिक्षण र व्यक्तिगत अध्यापनको मिश्रित विधि उपयोग गर्दै, प्रशिक्षक प्रशिक्षणका माध्यमबाट शैक्षिक प्रतिष्ठानहरूको दिगो रूपमा क्षमता र स्तरोन्नति गर्दै, जेनेसले यस्ता कार्यका लागि तैयार जनशक्ति निर्माण गर्ने लक्ष्य लिएको छ, जुन विद्यार्थी दीक्षित भएर निस्कँदा उनिहरु उद्योगमा प्रभावकारी रूपमा प्रवेश गर्दै उत्पादकत्व आबश्यक्तालाई पुरा गर्न सक्षम हुने वताइएको छ ।

सीपमूलक प्रशिक्षणमा एप्लिकेसन डेभलपर, क्लाउड सपोर्ट इन्जिनियर, क्याउड सपोर्ट एसोसियट, साइबर सेक्युरिटी स्पेशलिस्ट र डाटा इन्टिग्रेसन स्पेशलिस्ट, आर्टिफिसियल इन्टिेलिजेन्स एन्ड मेसिन लर्निङ डेभलपर, आईओटी डेभलपर, डिजिटल मार्केटर, बिजनेस एनालिस्ट्स आदि पदीय भूमिकालाई समेटिने पनि वताइएको छ ।

प्रशिक्षणमा सहभागी विद्यार्थीहरूलाई विश्वबजारमा उपलब्ध स्वतन्त्र र अनलाइन जागिर प्रदान गर्ने ४,००० भन्दा बढी रोजगारदातासम्मको पहुँच हुने गरि एडब्लूएस एजुकेट्सको जब पोर्टलसँग आवद्ध तुल्याइने छ । यूकेएड सीपसँगको सहकार्य र परियोजनाका दृष्टिकोणहरूबारे प्रकास पार्दै जेनेस सोलुसनका संस्थापक एवं ग्लोबल प्रमुख प्राविधिक अधिकृत (ग्लोबल सीटीओ) अञ्जनी फुयाँलले भनिन् ।

Related News

सम्बन्धित समाचार

  • माछापुच्छ्रे माविलाई बस सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । भारतीय दूतावासले माछापुच्छ्रे माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दूतावासले माछापुच्छ्रे–२…
  • राष्ट्रिय माविमा पूर्व विद्यार्थीको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । यस वर्ष हीरक महोत्सव मनाइरहेको राष्ट्रिय माध्यमिक विद्यालय, पोखरामा शनिबार पुनर्मिलन कार्यक्रम भएको छ । सो अवसरमा पोखरा…
  • हिमालय माविले स्वर्ण महोत्सव मनाउने

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । अन्नपूर्ण ७ स्थित हिमालय माविले त्रिदिवसीय कार्यक्रम गरी स्वर्ण महोत्सव मनाउने भएको छ । विद्यालयले यही वैशाख १०…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…

hero news full width