स्मार्ट टाउनद्वारा डेंगु सचेतना कार्यक्रम

आदर्श समाज सम्वाददाता
असाेज ५, २०७६
aedes-aegypti-mosquito-dengue-rash

पोखरा, ५ असोज । लायन्स क्लब अफ पोखरा स्मार्ट टाउनले डेंगु रोगसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । रामकृष्ण टोल नेवा मिसा पुचसँगको सहकार्यमा कार्यक्रम गरिएको क्लबका अध्यक्ष कविता श्रेष्ठले जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्सका पास्ट मल्टिपल काउन्सिल चियरपर्सन दीपक श्रेष्ठले पछिल्लो समय डेंगु रोग बढिरहेको अवस्थामा क्लबले सचेतना कार्यक्रम आयोजना गर्नु प्रशंसनीयकार्य भएको बताए ।

पोखरा महानगरपालिका वडा नं. ४ का अध्यक्ष शंकर बास्तोलाले डेंगु सचेतना लगायतका सामाजिक कार्यक्रममा महानगरको तर्फबाट वडाले सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका खोप अधिकृत एक नाराय०ा लम्सालले सहजीकरण गर्दै डेंगु रोगको बारेमा सचेतनाका उपाय बारेमा प्रकाश पारेका थिए । क्लबका अध्यक्ष कविता श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा रामकृष्ण टोल नेवा मिसा पुचका अध्यक्ष भवानी मकाजु,सल्लाहकार पार्वती मकाजु,सचिव रेनु श्रेष्ठ, स्वस्थ्यकर्मी सुजन पौडेल, लायन्सका रिजन चियरपर्सन लक्ष्मी बराल, जोन चियरपर्सन ठाकुरप्रसाद अधिकार लगायतले आफ्नो भनाई राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । मन्त्रिपरिषद्को बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । एमाले लमजुङ अध्यक्षमा पराजित अधिकारीलाई मुख्यमन्त्रीको सिफारिसमा…
  • ३२ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र २०, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अर्पण, आदर्श र महिमा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको संयुक्त आयोजनामा मंगलबार लामाचौरचोकमा…
  • लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा निर्वाचित भएका छन् । क्लबको दोस्रो अधिवेशनबाट वर्ष २०२४/२५ का…
  • लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको वर्ष २०२४÷२५ का लागि अध्यक्षमा सूर्य पोख्रेल चयन भएका छन् । शनिबार…
  • लायन्स अन्नपूर्णमा गणेश छवि

    आदर्श समाज सम्वाददाता चैत्र १२, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अन्नपूर्णमा वर्ष २०२४/२५ का लागि गणेशलाल श्रेष्ठ ‘छवि’ सर्वसम्मत अध्यक्ष चुनिएका छन् । प्रथम…

hero news full width