औषधि व्यवसायी संघको अध्यक्षमा दाहाल

आदर्श समाज सम्वाददाता
असाेज ५, २०७६
medicine team2076

खैरेनीटार, ५ असोज । औषधि व्यवसायी संघ तनहुँको दमौलीमा भएको एघारौं साधारणसभा तथा चौथो अधिवेशनले नयाँ कार्यसमितिको अध्यक्षमा राजु दाहाललाई निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा दयाराम पाण्डे, महासचिवमा सुन्दर बस्याल, कोषाध्यक्षमा सूर्य बहादुर थापा, सचिवमा ऋषि गिरी, सहकोषाध्यक्षमा रुकमिणि नेपाल र सदस्यहरुमा बिनय श्रेष्ठ, धर्मदत्त पौडेल र देविभक्त राना निर्वाचित भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि बैकुष्ठ न्यौपानेले व्यवसायीहरुले गुणस्तरीय सेवा दिन आग्रह गरे । कार्यक्रममा केन्द्रीय महासचिव रामचन्द्र शर्मा, केन्द्रीय सचिव यमनाथ पौडेल, गण्डकी अञ्चल अध्यक्ष रामबहादुर क्षत्री, बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्ण सिंह थापा, सचिव सुन्दर बस्याल लगायतले वोलेका थिए ।

औषधि व्यवसायी संघ तनहुँका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षता रहेको कार्यक्रमा स्वागत उपाध्यक्ष तिलबहादुर कार्कीले गरेका थिए भने सञ्चालन महासचिव राजु दाहालले गरेका थिए

Related News

सम्बन्धित समाचार

hero news full width