सहकारीबाटै समृद्धि : पूर्व मन्त्री पुन

आदर्श समाज सम्वाददाता
असाेज ५, २०७६
uttam_Fotor

पूर्वमन्त्री एवं वरिष्ठ समाजसेवी उत्तम पुनले सहकारी माध्यमबाट नै आर्थिक समृद्धितर्फ अगाडि बढ्न सकिने बताएका छन्।

राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था, पोखरा–१० को शनिवार सम्पन्न १७ औं वार्षिक साधारण सभालाई शनिवार सम्बोधन गर्दै पूर्वमन्त्री एव सहकारी संरक्षक पुनले सहकारी संचालन गर्नुमात्र ठूलो कुरा नभई त्यसको वृद्धि विकासमा शेयर सदस्य लाग्नुपनेर्मा जोड दिए।

‘सहकारीको पुँजी वृद्धि गरी अन्यत्र क्षेत्रमा समेत लगानी बढाउन जरुरी छ, ’ पुनले भने। सरकारले लिने र दिने व्याजदर फरक कम राखेकाले धेरै लगानीमा कम मुनाफा हुने भएकाले सहकारीको पुँजी वृद्धि गर्न जरुरी भएको उनले बताए। देशभर सहकारीको संख्या वृद्धि भएका छन्, प्रतिस्पर्धा गर्नुपर्ने भएकाले सहकारीलाई अगाडि बढाउन सेयर सदस्यले लगानी बढाउन आवश्यक छ। सहकारीबाट मुनाफा कमाउन सक्यौं भने शेयर सदस्यको समेत आयश्रोत बढ्ने भनाइ पूर्वमन्त्री पुनको थियो।

सहकारी अध्यक्ष रवीन्द्र गर्वुजा पुनको अध्यक्षतामा कार्यक्रम भएको हो। स्वागत भाषण सहकारीको उपाध्यक्ष बलबहादुर पुनले गरेका थिए भने संचालन संस्थाका संचालक डम्बरबहादुर पुनले गरेका थिए।

उक्त अवसरमा अध्यक्ष रवीन्द्र गर्वुजा पुनले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखापरीवेक्षण समितिका संयोजक नरबहादुर पुनले संस्थाको आर्थिक कार्यदिशा सकारात्मक रहेको स्पष्ट पारेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width