राष्ट्रिय पुरुष भलिबल उपाधि पुलिसलाई

आदर्श समाज सम्वाददाता
असाेज ५, २०७६
Purush Volleyball Winner_Fotor

प्रकाश दाहाल स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।

विभागीय डर्बी फाइनलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै प्रहरीले उपाधि जितेको हो।

चार दिनअघि हुने भनिएको फाइनल वर्षाका कारण स्थगित भएपछि शनिबारका लागि सारिएको थियो।

आर्मीका मुख्य खेलाडी मानबहादुर श्रेष्ठ नभएको खेलमा आर्मीीविरुद्ध पुलिसले पहिलो सेट २५–२२ ले जित्यो। दोस्रो सेटमा पनि पुलिसले आर्मीमाथि पुनः २५–२२ ले आनो जित निकाल्यो।

खेलमा खासै तालमेल मिलाउन नसकेको आर्मीविरुद्ध पुलिस तेस्रो सेटमा एक समय २०–१९ को अवस्थामा थियो। दर्शकले खचाखच भरिएको फाइनलमा पुलिसले लगातार तीन अंक बटुल्दै २२–२० को अवस्थामा पुर्यायो। तेस्रो सेटको अन्तिममा पुलिसले २५–२२ ले आर्मीलाई हराएर उपाधि जित्न सफल भयो। उपाधिसँगै पुलिसले ५ लाख र उपविजेता नेपाल आर्मीले ३ लाख सहित शिल्ड जितेको छ।

तेस्रो स्थानका लागि भएको खेलमा गण्डकी प्रदेशले तेस्रो स्थान हमेगटेको थियो। गण्डकी प्रदेशले १ लाख हात पारेको छ। त्यस्तै, विभागीय सशस्त्रको एपीएफले चौथो हुँदै ५० हजारमा चित्त बुझायो।

प्रगतिशील युवा नेपाल गोरखा–काठमाडौंले आयोजना गरेको प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गरेको थियो।

आर्मीलाई फाइनलसम्म पुर्याउन उत्कृष्ट प्रर्दशन गरेका धनबहादुर भट्ट प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भए। धनबहादुरले अपाचे मोटरसाइकल जिते। अन्य विधामा समेत नेपाल पुलिस क्लबका खेलाडीहरुले वर्चस्व कायम गर्यो।

पुलिसका कुलबहादुर थापा उत्कृष्ट स्पाइकर बने। पुलिसकै कप्तान ईम राना उत्कृष्ट सेटर घोषित भए। पुलिसका द्वारिका थापा उत्कृष्ट सर्भर बने, पुलिसकै भीम मगर उत्कृष्ट डिफेन्डर घोषित भए। पुलिसकै सरोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक बने। गण्डकी प्रदेशका याम क्षेत्री उत्कृष्ट ब्लकर बने। उनीहरुले समान १० हजार नगद पुरस्कार प्राप्त गरे।

आयोजक प्रगतिशीलले दोस्रो संस्करणदेखि विजेताका लागि ७ लाख पुरस्कार दिने घोषणा गरेको छ।

कार्यक्रममा नेपाली राष्ट्रिय भलिबल तथा पुलिसका कप्तान ईम रानालाई भलिबलमा योगदान पुर्याएकोमा सम्मान समेत गरिएको थियो।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width