पोखरा । बंगलादेशले तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसीप फुटबलमा शान्दार जित निकालेको छ ।
राजधानीको हलचोकस्थित एपीएफको मैदानमा शनिबार भएको खेलमा श्रीलंकालाई ३–० ले पराजित गर्दै बंगलादेशले विजयी सुरुवात समेत गरेको छ ।
बंगलादेशले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गर्न सफल भयो । खेलको पहिलो मिनेटमै तानबिर हुसेनले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाए । ७७ औं मिनेटमा फाहिम मोर्सेदले गोल गर्दै बंगलादेशलाई २–० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८६ औं मिनेटमा फैसल अहमेद फाहिमले गोल गर्दै बंगलादेशलाई ३–० को जित दिलाए । जितसँगै समूह ‘बी’ को बंगलादेशले पहिलो खेलमा ३ अंक जोडेको छ । जितसँगै बंगलादेशले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
श्रीलंकाले भने हारबाट सुरुवात गरेको छ । यस समूहमा बंगलादेश र श्रीलंकासँगै भारत रहेको छ । समूहका शीर्ष दुई टिम सेमिफाइनल खेल्नेछन् । प्रतियोगिता अन्तर्गत आइतबार नेपालले भुटानको सामना गर्नेछ ।
Related News
सम्बन्धित समाचार
लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन
वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल
ढोलाहिटीलाई फुटबल उपाधि
बुद्ध विशालको फुटसल प्रतियोगिता
पोखरामा पहिलो पल्ट मोटरसाइकल रेस, बाम्दीमा यसरी ओइरिए दर्शक
hero news full width
मुख्य समाचार
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१प्रकट पगेनी ‘शिव’ को निधन
वैशाख ४, २०८१