करेण्ट लागेर एक मजदुरको मृत्यु

आदर्श समाज सम्वाददाता
असाेज ३, २०७६
IMG_7310

म्याग्दी,३ असोज । म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौरमा काम गर्ने क्रममा करेण्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।

दोलखा जिल्ला शैलुङ गाउँपालिका–३ निवासी २६ वर्षीय पेमा तामाङको काम गर्ने क्रममा करेण्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बाबीचौरमा स्थानीय दीलकुमारी विकको घर निर्माणको क्रममा शुक्रवार विहान फलामको रड उठाउने क्रममा खुल्ला विजुलीको तारमा ठोकिँदा तामाङलाई करेण्ट लागेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ध्रुबप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार विहान ९.३० बजेको समयमा करेण्ट लागेर ढलेका तामाङलाई उपचारका लागि बेनी अस्पताल ल्याइएको थियो । गम्भीर अवस्थाम रहेका तामाङलाई बेनी अस्पतालले मृत घोषणा गरेको थियो ।

मृतक तामाङका शव शल्यपरीक्षणको लागि उक्त अस्पतालको शवगृहमा राखिएको छ । मृतकको आफन्तलाई खबर गरेको प्रहरीले जनाएको छ । मृतक तामाङ साउन १५ गतेदेखी दीलकुमारीको घर बनाउने काममा लागेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width