सहायक वन अधिकृत सहित २ जना अख्तियारको नियन्त्रणमा

Avatar आदर्श समाज सम्वाददाता
असाेज ३, २०७६

नवलपरासी, ३ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले घुस रकम सहित नवलपरासीबाट दुई जनालाई नियन्त्रणमा लिएको छ ।

सव डिभिजन वन कार्यालय प्रतापपुर पश्चिम नवलपरासीका सहायक वन अधिकृत परशुराम चौधरी र वन कार्यालय रहेको घर धनि मनोजकुमार शर्मालाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई अख्तियारको टोलीले सरकारी वकिलको कार्यालय नवलपरासीबाट ६५ हजार रकम सहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।