शान्तिपूर्ण विरोध सभामा प्रहरी हस्तक्षेप

आदर्श समाज सम्वाददाता
असाेज ३, २०७६
janjati (2)

नवलपरासी, ३ असोज । आदिवासी जनजाति महासंघ नवलपुरले कावासोती १६ डण्डामा शुक्रबार गरेको शान्तिपूर्ण विरोध सभामा प्रहरीले हस्तक्षेप गरेको छ ।

संविधानमा आदिवासी जनजातिका पूर्ण अधिकार सुनिश्चित नभएको र संविधानले दिएको अधिकार पनि यो सरकारले खोस्ने काम गरेको भन्दै आदिवासी जनजाति महासंघ लगायतका संस्थाहरुले शुक्रबार विहान डण्डामा सभा गरेको थियो ।

सभामा थारु कल्याणकारिणी सभा नवलपरासीका पूर्व सभापति गणेशमान महतो बोलेर आदिवासी जनजाति महासंघका केन्दी्रय सचिव राजकुमार बोटे बोल्न शुरु गरेपछि प्रहरीले हस्तक्षेप शुरु गरेको हो ।कार्यक्रमको बीच बीचका प्रहरीले कार्यक्रम रोक्न खोज्ने झण्डा ब्यानर झिक्न खोज्ने गरेको थियो भने सचिव राजकुमार बोटे बोल्दा बोल्दै कार्यक्रम रोकेका थिए ।

प्रहरीले हस्तक्षेप गर्न खोजेसँगै निक्कै लामो समय भनाभन समेत भएको थियो भने प्रहरीले फोटो र भिडियो खिच्दै गरेको एक जना प्रदर्शनकारीको मोबाइल केही बेर खोसेर राखिदिएको थियो भने कालो झण्डा झिकेको थियो । राजकुमार बोटे बोल्दा बोल्दै प्रहरीले हस्तक्षेप गरेपछि आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष राम तामाङले विरोध सभा सकिएको घोषणा गरेका थिए ।

आदिवासी जनजाति महासंघ, थारुकल्याणकारिणी सभा लगायतका संघसंस्थाहरुको आयोजनामा भएको विरोध सभा शुरु हुनु पूर्व जनजातिका प्रदर्शनकारीहरुले निधारमा कालो पट्टी बाँधेर डण्डामा र्याली पनि निकालेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width