विधिको शासन नचल्दा राष्ट्र नै समाप्त हुन्छ- प्रदेश प्रमुख

Avatar आदर्श समाज सम्वाददाता
असाेज ३, २०७६

पोखरा,३ असोज । गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कँवरले देशमा विधिको शासन नचल्दा देश अराजगता तर्फ जाने र जसका कारण राष्ट्र नै समाप्त हुने बताएका छन् ।

गण्डकी प्रदेश सरकाद्वारा शुक्रवार आयोजित संविधान दिवस समारोहलाई सम्वोधन गर्दै प्रदेश प्रमुख कुँवरले भने- विधिले निस्कृयता पाउने र अराजकता वबढ्वा पाउन थाल्यो भने राष्ट्र समाप्त हुन सक्छ । यदि शासकले आफ्नो साम्रराज्य चलाउनु छ भने देशको विधि र कानूनको पालना गरेर अगाडि वढ्न जरुरी हुन्छ, कानून माथि व्यक्ति विशेषका प्रहार हुन थालेभने देश अराजकता तर्फ अगाडि वढ्छ ।

संवैधानिक कर्म हामी सबैले गर्नुपर्छ, संविधानमा खोट देखिन्छ भने त्यो राम्रो मानिदैन्, खोट छन भने सच्चाएर अगाडि वढ्न जरुरी हुन्छ, लोकतन्त्र भित्र सबैका कुरा सुन्नु पर्छ, वि.स.२०७२ असोज ३ गते संविधान जारी गर्ने बेलामा सानातीना विमति देखिएका थिए, तर पनि संविधान जारी भयो, संविधान जनताको सम्पत्ति हो, उनले भने-देशको शासन व्यवस्था मार्फत सबै किसिमका उत्पीडन, सामाजिक न्याय, भाषाभाषी, जातजातिको समन्वय र सहअस्थित्वका आधारमा तीनै तहको शासन व्यवस्था अगाडि वढ्नु पर्छ ।

जाताका अवाज मुखरित र उनीहरुका आकांक्षालाई बोकेर संविधान निर्माण भएको हो, संविधानको नयाँ पक्ष भनेकै गणतन्त्र, संघीयता र लोकतन्त्र हो, यसले जनताको सुरक्षा गर्नुपर्छ, उनले भने-सरकारहरुले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था मार्फत जनता हितमा काम गर्न आवश्यक छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यप्रति सबैको अपनत्व हुने गरी निर्माण गरिएको लोकतान्त्रिक संविधान कायाृन्वयन गर्ने दाहित्व सबै नेपालकिो भएको बताए। संविधान निर्माणसँगै निर्माण भएको प्रदेश सरकारले गरेका कामको उपलब्धिका बारेमा आलोचना र टिप्पणी गर्ने बेला भएको छैन, मुख्यमनत्री गुरुङले भने– प्रदेश सरकार बनेका १५ महिना मात्र पुगेको छ, यो समयमा प्रदेश कानून बनाउँदै सकियो अब विकास र समृद्धि तर्फ अगाडि वढ्छौ ।

८० प्रतिशत भन्दा वढी जनताको मतबाट निर्मित नेपालको संविधान अमेरिका र भारतको भन्दा पनि लोकतान्त्रिक भएको दावी मुख्यमन्त्री गुरुङले गरे । संविधानको महत्वपूर्ण पक्ष भनेकै राज्यशक्तिको स्रोत नेपाली जनतामा हुनु हो,नेपाली जनताद्वारा निर्मित संविधान अनुसार नै शासकहरु चल्नु पर्छ ।

गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले सुखी नेपाली र समृद्ध नेपालका लागि संविधानको परिकल्पना भएकाले संविधान पालना गर्नु सबै नेपालीको कर्तब्य भएको बताए । चारवर्षे आयु व्यतित गरेको यो संविधानको मुख्य उपलब्धि भनेर मानिएको गणतन्त्र र संघीयता हुन्, संविधानको पुस्तक आफै क्रियाशील हुने होइन, यसको प्रयोकर्ताको इंमान्दारिता, सक्षमता र प्रतिबद्धतामा नै संविधानको गतिशीलता तथा आयुको निर्धारण हुन्छ, उनले भने- हामीले निर्माण गरेको यो संविधान सातौ हो ।

उच्च अदालत पोखराका मुख्य न्यायधीश यज्ञप्रसाद वस्यालले संविधान पालना गर्नु हरेक नागरिकको कतब्य र जिम्मेवारी भएको बताए । विधिको शासन व्यवस्थावाट नै देश अगाडि वढ्न सक्छ उनले भने – विधिबाट नचल्दा देशको मृत्यु हुन सक्छ । उक्त अवसरमा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले नेपालको संविधान लोकतान्त्रिक र जनताको अधिकार स्थापित गर्न यो भन्दा उत्तम साशन व्यवस्था अर्को नहुने बताए ।
संविधान दिवसको कार्यक्रम अघि प्रभातफेरी कार्यक्रम गरिएको थियो । सहीद चोकबाट शुरु भएको प्रभातफेरी कार्यक्रम रत्नचोक, सिमचौर, सृजनाचोक, सभागृहचोक हुदै पोखरा सभागृहमा पुगि सभामा परिणत भएको थियो ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

स्वकीयसचिवलाई प्रशिक्षण

महिलाको समानुपातिक सहभागिता आवश्यक

सरकारमा अस्थिरता आयो -राप्रपा अध्यक्ष कमल थापा

शिवमाया तुम्बाहाङ्फे बनिन कानूनमन्त्री

प्रमुख समाचार

चिर्पटले टाउकोमा प्रहारगरी बाबुको हत्या

थप प्रमुख समाचार

बतास फाउण्डेशनको रक्तदान

दोश्रो वेगनास कप तयारी अन्तिममा

मेयर कप भलिबल