होटललाई ५५ लाखसम्म विद्युत् बिल

रूपनारायण ढकाल
असाेज ३, २०७६
NEA_Fotor

नेपाल विद्युत् प्राधिकरण पोखरा शाखामा विहीबार गुनासो राख्दै होटलकर्मी।

हरेक महिनाको विद्युत् महसुल नियमित रुपमा तिर्दै आएका पोखराका होटललाई नेपाल विद्युत् प्राधिकरणले अतिरिक्त रुपमा लाखौं रुपैयाँको बिल थमाएको भन्दै पोखराका होटलकर्मीले ज्यादति नगर्न प्राधिकरणलाई सचेत गराएका छन्।

महिनैपिच्छे बिल तिर्दा पनि पोखराका तारेहोटलका लागि प्राधिकरणको पोखरा शाखाले घरघरमा लाखौं रुपैयाँको बिल थमाएको घटनाले आफूहरु आश्चर्यमा परेको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले जानकारी दिए।

के आधारमा प्राधिकरणले एउटै होटलका लागि ५५ लाख रुपैयाँसम्मको बिल थमायो, आफूहरुलाई कुनै पूर्व सूचना नदिइएको पनि तुलाचनले सुनाए। यही गुनासो लिएर संघको एक टोली विहीबार प्राधिकरणको पोखरा कार्यालय, मालेपाटन पुगेको थियो।

प्राधिकरणको पोखरा कार्यालयका प्रमुख सुरेन्द्रकुमार साहले २०७३ भदौदेखि तारेहोटलका सन्दर्भमा महसुल लिने सम्बन्धमा फरक व्यवस्था हुँदा त्यस्तो अवस्था आएको जानकारी दिए। कुन तारेहोटल हुन्, कुन होइनन् आफूहरुलाई जानकारी नहुँदा एकैपटक ठूलो रकमको बिल थमाउनुपर्ने अवस्था आएको दाबी उनको छ। ‘फरक व्यवस्थाबारे समयमा नै होटलहरुलाई जानकारी गराउन नसक्नु हाम्रो गल्ती हो, यसलाई म स्वीकार गछु, ’ उनले भने, ‘व्यवसायीको समस्याबारे म प्राधिकरणको केन्द्रिय कार्यालयमा जानकारी गराउने छु। ’

पश्चिमाञ्चल होटल संघ पोखराका निवर्तमान अध्यक्ष एवं होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले बिना पूर्व सूचना प्राधिकरणले एकाएक होटलहरुलाई अतिरिक्त बिल थमाउनु आपत्तिजनक विषय भएको बताए। ‘हामी यो बिल तिर्दैनौ, ’ उनले भने, ‘नियमित बिल तिरी राखेको अवस्थामा बिनासूचना अतिरिक्त बिल प्राधिकरणले थमाउनु सर्वथा गलत छ। ’

व्यवसायीको समस्या प्राधिकरणको प्रादेशिक वा केन्द्रिय तहबाट आफैं मिलाउनुपर्ने भनाइ पराजुलीको छ। दुई वर्षभन्दा बढी अवधिको बिल महसुल तिरिरहेका व्यवसायीलाई एकैपटक थमाउनु त्यो पनि बिनाजानकारी, यो मान्न सकिँदैन, ’ उनले भने।

अहिले होटलहरुको अकुपेन्सी दर पनि २० देखि ३० प्रतिशतभन्दा माथि नपुगेको, विभिन्न कारणले आशातित पर्यटक समेत नआएको र बैंकको ब्याज समेत मनोमानी ढंगले चर्को भएको अवस्थामा एकाएक प्राप्त लाखौं रुपैयाँको विद्युत् बिल तिर्न व्यवसायी सक्षम अवस्थामा नभएको व्यवसायीले बताएका छन्।

होटल क्षेत्रलाई भन्ने बेलामा पर्यटन उद्योग भन्ने गरिए पनि उद्योग सरहको सुविधा होटलहरुले प्राप्त गर्न सककेको संघ अध्यक्ष तुलाचनले गुनासो गरे। सेवा क्षेत्र भनेर सोही अनुसार महसुल असुल्दा करोडौंको लगानीका होटलहरु टिकाउन नै समस्या परेको उनको भनाइ छ।

सरकारले करमाथि कर थोपरेको अवस्थामा बिना पूर्व जानकारी लाखौको विद्युत् बिल तिर्न प्राधिरणले बाध्य पार्ने हो भने जति महिनाको बिल हो, सोही अवधि बराबरको समय व्यवसायीलाई उपलब्ध गराउनुपर्ने संघका निवर्तमान अध्यक्ष पराजुलीले सुनाए।

विगतको अडिट रिपोर्टमा अहिले महसुल तिरेर खर्च समावेश गर्न समेत नमिल्ने यथार्थ व्यवसायीले स्मरण गराए। अहिले भएको खर्च विगतको खर्चमा देखाउँदा उल्टो ४२ प्रतिशतसम्म पेनाल्टी आन्तरिक राजश्व कार्यालयलाई तिर्नुपर्ने विषयमा अञ्जानजस्तो बनेर प्राधिकरण प्रस्तुत हुन नहुने भनाइ व्यवसायीको छ।

Related News

सम्बन्धित समाचार

    • खोप उपलब्ध गराउन व्यवसायीको माग

      आदर्श समाज सम्वाददाता श्रावण १३, २०७८
      पोखरा । पोखराका उद्योग व्यवसायीले आफूहरुलाई कोरोना खोपको प्राथमिकतामा राख्न माग गरेका छन् । पोखरा उद्योग वाणिज्य संघले प्रदेशका मुख्यमन्त्रीलाई…
    • पोखरामा कुशाकको बुकिङ खुला

      आदर्श समाज सम्वाददाता श्रावण १३, २०७८
      जर्मनी प्रविधिको स्कोडा गाडीको लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता एस.एस.एल. मोटर्स बनेको छ । स्कोडाको लागि नेपालको आधिकारिक वितरक एमएडब्ल्यु…
    • मुक्तिनाथले ल्यायो मासिक व्याजको खाता

      आदर्श समाज सम्वाददाता श्रावण १२, २०७८
      पोखरा । मुक्तिनाथ विकास बैंकले निक्षेपकर्तालाई अत्यन्त लाभदायी र बचत खातामध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक व्याज आर्जन हुने…
    • अण्डाको मूल्य हालसम्मकै उच्च

      रासस श्रावण ११, २०७८
      चितवन । कोरोना सङ्क्रमणसँगै जारी भएको निषेधाज्ञामा नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले राहत महसुस गर्न थालेका छन् । कुखुराजन्य क्षेत्रका सबै…
    • ५७८ निसान म्याग्नाइट बिक्री

      आदर्श समाज सम्वाददाता श्रावण ५, २०७८
      पोखरा । नेपालका लागि निसान र ड्याटसनको आधिकारिक बिक्रेता पायोनियर मोटोपर्कले ५ सय ७८ वटा निसान म्याग्नाइट हस्तान्तरण गरेको छ ।…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads