व्यवसायमा नयाँ प्रविधि आवश्यक

bhijrajbhattarai भोजराज भट्टराई
असाेज ३, २०७६

स्टिल व्यवसायलाई परिष्कृत गर्न प्रविधिको प्रयोग आवश्यक पर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छ्न्।

ग्रील आल्मोनियम तथा स्टिल व्यवसायी संघ पाल्पाको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनमा सहभागी वक्ताले त्यस्तो जोड दिएका हुन्।

संघका केन्द्रीय अध्यक्ष मोहन कटवालले समयअनुसार व्यवसायलाई परिष्कृत गर्न प्रविधिको प्रयोग आवश्यक रहेने बताए।

परम्परागत व्यवसायबाट व्यवसायीहरूको समृद्धि हुन नसक्ने हुँदा अब नयाँ प्रविधिको प्रयोग आवश्यक छ कटवालले भने– दक्ष जनशक्ति विदेशिनबाट रोक्न कामदारलाई सयमसमयमा तालिम सञ्चालन गरी स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ।

देशमा १ लाख ६० हजार युवाले ११ हजार ग्रील व्यवसाय मार्फत रोजगारी पाएको दावी कटवालको छ।

संघका केन्द्रीय उपाध्यक्ष रणबहादुर विश्वकर्मा, केन्द्रीय सदस्य दीपक आचार्य, संघका पोखरा महासचिव वासुदेव पौडेल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा, कानूनी सल्लाहकार राजन नेपाल, लगायतले ग्रील तथा अल्मोनियम व्यवसायीले जोखिम काम गरेर देश र समाजमा योगदान पुर्याउदै आएको विचार व्यक्त गरे।

अधिवेशनले वीरेन्द्र मिदुनको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतिबाट निर्वाचित गरेको छ।

संघका अध्यक्ष गणेश थापाको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

कालिका सहकारीमा अधिकारी

मन्टेश्वरी र व्युटिसियन तालिम शुरु

ढाकाचोली महिला सहकारीको कार्यालय स्थापना

महानगरले बनायो सहकारी प्रोफाइल

गोर्खा भूतपूर्व सहकारीको आठौं साधारणसभा

प्रमुख समाचार

फुटवलमा नेपाललाई स्वर्ण

थप प्रमुख समाचार

फुटवलमा नेपालकाे अग्रता

कुटपीटको विरोधमा पत्रकारको धर्ना

नवलपुरका विद्यार्थीलाई १२ करोडको खाजा