एड्स रोग नियन्त्रण संघको साधारण सभा

Avatar आदर्श समाज सम्वाददाता
असाेज ३, २०७६

एड्स रोग नियन्त्रण संघ पोखरा–१ को २१ औं साधारण सभा सम्पन्न भएको छ।

संघ अध्यक्ष विश्वमोहन गौचनको अध्यक्षतामा भएको सभाले संघको हालको नाम परिवर्तन गरी ‘एड्स नियन्त्रण संघ’ राख्ने निर्णय गर्दै विधान संशोधन गर्न सचिव अमृतलाल श्रेष्ठको प्रस्ताव पारित गरेको छ।

यस्तै, संघ सचिव श्रेष्ठले आर्थिक वर्ष २०७५/०७६ मा संघले गरेका कार्यक्रम र चालु आवका लगि प्रस्तावित कार्यक्रमसँगै कोषाध्यक्ष रामप्रसाद अधिकारीले पेश गरेको आव २०७५/०७६ को लेखा र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ।

स्थापनाकालदेखि संघले एचआइभी एड्सको उच्च जोखिममा रहेका युवायुवती, किशोरकिशोरी, विद्यालय तथा क्याम्पसका छात्रछात्रा, नारी समूह, यातायातकर्मीबीच विभिन्न सचेतनामूलक कार्यक्रम गर्दैआएको संघ अध्यक्ष गौचनले जानकारी दिए।

संघले पोखराको पुरुञ्चौरमा आँकुरा केयर भिलेज स्थापना गरी एचआइभी संक्रमितको संरक्षणमा समेत काम गर्दै आएको छ।

एचआइभी र एड्सविरुद्ध सचेतना दिन ‘लक्ष्मी’ र ‘प्रतिबद्धता’ नामक वृत्तचित्र निर्माण गरी विभिन्न स्थानमा प्रदर्शन समेत गर्दैआएको छ।

कार्यक्रममा संघका सल्लाहकार गोविन्द शर्माले संघका गतिविधिबारे भनाइ राखेका थिए।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

शान्ति पत्रकारिता पुरस्कारको अक्षयकोष रकम हस्तान्तरण

३३ युनिट रगत संकलन

‘सीको भ्रमणपछि उत्साह’

समाजसेवाको नृत्यमा रसाइली प्रथम

पाल्पाली समाजको सामूहिक टीका

प्रमुख समाचार

दश वर्षमा मध्यम स्तरको विकसित राष्ट्र –मुख्यमन्त्री गुरुङ

थप प्रमुख समाचार