डेंगु नियन्त्रण गर्न माग

Avatar आदर्श समाज सम्वाददाता
असाेज २, २०७६

पोखरा, २ असोज । देशको विभिन्न भागमा बढेको डेंगुको संक्रमण शीघ्र रोकथाम र नियन्त्रण गर्न सरकारसँग माग गरिएको छ ।

जनअभियान कास्कीले विहीवार एक विज्ञप्ति जारी गर्दै त्यस्तो माग गरेको हो । अभियानका अध्यक्ष तिलक पुनले डेंगु संक्रमणकै कारण आम सर्वसाधारणमा त्रास फैलिएकाले सरकार र सम्वन्धीत निकायले त्यस्तो त्रास मेटाउन नियन्त्रणमा जोड दिन माग गरिएको छ ।

जलवायु परिवर्तनका कारणले गर्दा अब विश्वभरी नै अप्रत्यासित वा अनुमानै गर्न नसकिने किसिमले अनेकौं प्रकारका प्राकृतिक विपद्हरु देखा पर्ने, मानव जीवन र समग्र जीवन तथा स्वास्थ्यमा नै घातक तथा अप्रत्यासित असर परेको विज्ञप्तिमा जनाइएको छ ।

जलवायु परिवर्तनले महामारीजन्य रोग फैलिने, खानेपानीको अभाव, वायु प्रदूषण, जमीन वा कृषिक्षेत्रको विषादी आदि जस्ता जीवन मरणका समस्याहरुबाट देश नराम्ररी थलिएको विज्ञप्तिमा उल्लेख छ ।

विगत वर्षहरु भन्दा यो वर्ष डेंगुको संक्रमण तीव्ररुपले वृद्धि भएको देखिएको छ । विगत वर्षहरुमा तराईका मात्र फैलिएको डेंगु यसवर्षदेखि पहाडी र हिमाली जिल्लामा समेत व्यापक रुपमा फैलिएको छ ।स्वास्थ खान पिन र स्वास्थ हावा पानीको लागि प्रकृति भन्दै सो संस्थाले विभिन्न अभियान संचालन गर्दै आएको छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

शान्ति पत्रकारिता पुरस्कारको अक्षयकोष रकम हस्तान्तरण

३३ युनिट रगत संकलन

‘सीको भ्रमणपछि उत्साह’

समाजसेवाको नृत्यमा रसाइली प्रथम

पाल्पाली समाजको सामूहिक टीका

प्रमुख समाचार

दश वर्षमा मध्यम स्तरको विकसित राष्ट्र –मुख्यमन्त्री गुरुङ

थप प्रमुख समाचार