मुख्यमन्त्री नै उत्रिए सरसफाइमा

आदर्श समाज सम्वाददाता
असाेज २, २०७६
chif minister shankar

बुटवल २ भदौ । प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा संविधान दिवसका अवसरमा तामझामका साथ तयारी थालेको छ ।

हरेक नागरिकलाई संविधानप्रति अपनत्व जगाउनका लागि रचनात्मक सहितको कार्यक्रमको आयोजना गरिएको प्रदेश ५ सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए ।

दिवसलाई भब्य रुपमा मनाउँनको लागि प्रदेश ५ को राजधानी बुटवलका सडकका बीच भागमा राष्ट्रिय भण्डा राखिएको छ । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा ९७ सदस्सीय समिति गठन गरेर दिवस मनाउन लागिएको हो ।

घोषित कार्यक्रम अन्तर्गत विहीवार पहिलो दिन बुटवल क्षेत्रमा बृहत्त सरसफाइ गरिएको छ । सरसफाइमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल सहितका मन्त्रीहरु सरकारी कार्यालयका प्रमुखहरु तथा सुरक्षानिकायको सहभागिता रहेको थियो । संविधान दिवसलाई जोडेर डेंगु विरुद्ध अभियान समेत चलाउने र त्यसका लागि स्थानीय तहसंग समन्वय भएको प्रदेश ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव शंकर खरेलले बताए ।

प्रदेशका सबै सरकारी कार्यालय, मुख्य चोकहरु र घरघरमा नेपाली झण्डा फहराउने, बिद्यालय स्तरीय कबिता बाचन, साँस्कृतिक कार्यक्रम, रक्तदान, बृक्षारोपण लगाएतका कार्यक्रमहरु गरिने प्रदेश सरकारले जानकारी दिएको छ । भदौ ३ गते बिभिन्न भेषभूषा सहितको बृहत झाँकी,बाजा गाजा सहितको र्याली प्रदर्शन गर्ने र बुटवल मण्डपमा बिशेष कार्यक्रम गर्ने तय भएको छ ।

असोज ४ गते सामाजिक विकास मन्त्रालयको अगुवाइमा बुटवल र भैरहवामा रक्तदान गर्ने,भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय र उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयको अगुवाइमा लुम्बिनीमा फलफूलका बिरुवा रोप्ने कार्यक्रम रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width