ग्यास पड्किँदा २ घाइते

आदर्श समाज सम्वाददाता
असाेज २, २०७६
cylinder-blast_0

पोखरा, २ असोज । पोखरा-१० औद्योगिकमा बुधवार राति खाना पकाउने एलपी ग्यास सिलिण्डर पड्किँदा २ जना घाइते भएका छन् ।

पर्वत जलजला गाउँपालिका घरभई पोखराको उक्त ठाउँमा डेरा गरी बस्ने २२ वर्षीय विजय रेग्मी र २६ वर्षीया सीता रेग्मी सिलिण्डर पड्किँदा घाइते भएका हुन् । घाइते मध्ये विजयको अवस्था गम्भीर छ ।

उनीहरु पोखरा-१० औद्योगिक क्षेत्र नजिकै गंगा सापकोटाको घरमा डेरा गरी बस्दै आएका थिए । बुधबार राति ८ बजे ग्यास बाल्दै गर्दा ग्यास लिकभई बन्द गर्न खोज्दा ग्यास सिलिण्डर पड्किँदा उनीहरु घाइते भएको कास्की प्रहरीले जानकारी दिएको छ । घाइतेको पोखरा-१० स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । डेरामा लागेको आयो स्थानीयले निभाएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width