साँखु, काठमाडौँ, १ असोज । घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी नायब निरीक्षकलाई कार्यकक्षबाटै पक्राउ गरेको छ । आज अख्तियारको टोलीले महानगरीय प्रहरी वृत बौद्ध मातहत रहेको प्रहरी कार्यालय थलीका प्रमुख बिपिनचन्द्र पन्तलाई सेवाग्राहीबाट पाँच हजार घुस रकम लिँदै गर्दा अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरको हो ।
थलीका स्थानीय व्यवसायीलाई बिना कारण पटक–पटक दुःख दिने गरेको र रकम माग गर्ने गरेको भन्दै स्थानीयवासीले अख्तियारमा उजुरी दिएका थिए । पक्राउ परेका पन्तलाई अख्तियारको टोलीले हिरासत पठाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
हालै मात्र बौद्धको प्रहरी प्रमुखका रुपमा आएका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंह महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत हुदाँ रु तीन लाख घुस रकम लिँदै गर्दा पक्राउ परेका थिए । केही समय निलम्बनमा रहेर उनले सफाइ पाएपछि पुनः सेवामा आएका हुन् । यसअघि महानगरीय प्रहरी वृत्त बौद्धमा कार्यरत प्रहरी नायब उपरीक्षक श्याम राई एक लाख ४० हजार घुससहित कार्यकक्षबाटै अख्तियारको टोलीले पक्राउ गरेको थियो । हाल राई निलम्बनमै छन् ।
Related News
सम्बन्धित समाचार
असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी
गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने
गैंडाकोट नगरपालिकाले थाल्यो अनलाइनबाटै नागरिकता सिफारिस
प्रधानमन्त्रीसँग गोरखा नगरपालिकाले माग्यो साढे ३ अर्ब बजेट
अन्नपूर्णमा अख्तियारको अन्तरक्रिया
hero news full width
मुख्य समाचार
किरिया बसेका दाजुभाइ परीक्षामा
सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल
चैत्र १५, २०८०बजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत्र १५, २०८०एमाले कास्कीमा को-को निर्वाचित ? (अन्तिम मतपरिणामसहित)
चैत्र १४, २०८०एमाले कास्की अध्यक्षमा बैनबहादुर विजयी
चैत्र १४, २०८०तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल
चैत्र १४, २०८०