सङ्खुवासभा, १ असोज । जिल्ला सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान जाँदै गरेको जिप गएराति १०ः३० बजे दुर्घटना हुँदा कम्तीमा छ जना बेपत्ता भएका छन् । दुर्घटनामा एकै परिवारका तीन रहेका छन् ।
धर्मदेवी नगरपालिका–८ मा पर्ने अक्करको भीरबाट को१ज ३७४९ नंको जिप अरुण नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाका अनुसार जिप खस्दा खाँदबारी–९ का दुईमहिने बालक समिर श्रेष्ठ, उनका बुबा सङ्गम श्रेष्ठ र आमा सदीक्षा श्रेष्ठ बेपत्ता छन् । त्यस्तै प्रमिस थापामगर, खबरमान मगर र चालक सन्तोष विक बेपत्ता छन् ।
जिप अरुणमा खसेपछि खाँदबारीबाट राति नै प्रहरीको टोली परिचालन गरिएको थियो । केही दिनदेखिको वर्षाले उर्लिएको अरुण नदीमा जिप पुरै डुबेकाले उद्धारमा समस्या भएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए । लामाका अनुसार कच्चीबाट छिचोल्दै घटनास्थलमा पुग्नुपर्छ । घटनास्थलमा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षाकर्मी पुगिसकेका छन् ।
Related News
सम्बन्धित समाचार
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु
फेवामा बाेटिङ गर्दागर्दै हावाहुरीले दुर्घटना, सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
hero news full width
मुख्य समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१