दुर्घटनामा बाह्र घाइते

रासस
असाेज १, २०७६
accident

मुग्लिन, १ असोज । चितवनमा सवारी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको ना५ख ९४११ नंको बसलाई नेपालगञ्जबाट काठमाडौतर्फ आइरहेको ना५ख ६६४७ नंको बसले बुधवार बिहान ५ः४० बजे भरतपुर महानगरपालिका–२९ जुगेडीबजार नजिक पछाडिबाट ठक्कर दिँदा सोही बसमा सवार १२ यात्रु घाइते भएका हुन् ।

उक्त बसमा २९ यात्रु सवार रहेका थिए । नेपालगञ्जको बसमा सवार यात्रु भने सकुशल रहेका प्रहरीले जनाएको छ । घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width