पहिरोले घर पुर्दा क्षत्री घाइते

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७६
Paintedanda, Lekhnath Municipality, Kaski landslide

A view of house belonging to Chandrakali Bishwakarma swept away by Wednesday night’s landslide at Paintedanda near Kharanephant in Lekhnath Municipality-4 of Kaski district, on Thursday, September 8, 2016. Four children of Sunar family were killed and two others were injured. Photo: Rishi Ram Baral/THT

पोखरा,३१ भदौ । वर्षाका कारण अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुकमा मंगलवार विहान घरमाथिबाट खसेको पहिरोले घरको पर्खाल भत्काउदा घरधनी ४५ वर्षीय सागर क्षत्री घाइते भएका छन् ।

घर पछाडीको ढिस्कोले घरको पर्खाल भत्काएपछि पर्खालले चोट लाग्दा क्षत्री घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको छ, क्षेत्रीका अन्य परिवार सदस्य भने सकुशल छन् ।

त्यस्तै वर्षाकै कारण पोखरा महानगरपालिका–२४ पामे स्थित अर्पन खोलामा आएको वाढीले दुई कृषि फार्ममा क्षेति पुर्याएको छ । खोलामा आएको बाढीले पोखरा–२४ पामे स्थित कुलबहादुर श्रेष्ठले संचालन गरेको आनन एण्ड अजना कृषि फार्ममा पालिएका १ सय ५० गिरीराज कुखुरा, २२ वटा वोइलर र ५० वटा टर्की जातका कुखुरा मरेको कास्की प्रहरीले जनकारी दिएको छ । त्यस्तै सोही ठाँउमा टंकबहादुर खड्काले संचालन गरेको समाज सुधार कृषि फार्मका १ सय ५० वोइलर कुखुरा र पोखरीका पालिएका केही माछा हर्पन खोलाले वगाएर लगेको वताइएको छ ।

त्यसैगरी अन्नपूर्ण गाउँपालिका–४ मा सोमवार राति परेको पानीसँगै बगेको पहिरोले चेतनाथ सुवेदीको घरको केही भाग भत्काइदिएको छ । उक्त घटनामा मानवीय क्षेति भने नभएको प्रहरीले जानकरी दिएको छ ।

त्यसैगरी वर्षाकै कारण स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका–४का तीनवटा घरमा क्षेति पुर्याएको छ । पहिरोले कोटमुनी निवासी मीनबहादुर क्षत्री, श्यामबहादुर दमाई, र गोपाल दमाइृको घरमा क्षेति पुर्याएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । उक्त पहिरोले गोपाल दमाइृको एउटा भैसी मरेको छ । पहिरोबाट तीन घरको तीन लाख रुपैयाँ बरावरको क्षति पुगेको जानकारी प्रहरीले दिएको छ । त्यस्तै सोही निवासी लालकाजी गुरुङको घरमा समेत पहिरोले सामान्य क्षति पुर्याएको जानकारी प्रहरीले दिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width