सहारा क्लबको अध्यक्षमा पुनः थापा

Avatar आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७६

पोखरा, ३१ भदौं । सहारा क्लब पोखराको सोमबार साँझ सम्पन्न भएको २१ औं साधारण सभा तथा ११ औं अधिवेशनले पुनः केशबबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

आगामी दुई वर्षे कार्यकालको लागि १३ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । क्लबको वरिष्ठ उपाध्यक्षमा पुनः हरिराम गुरुङ, उपाध्यक्षमा विश्वराज बराल, महासचिवमा रामजीप्रसाद अधिकारी, सचिवमा सुनील राना मगर, कोषाध्यक्षमा पुनः राजु लालचन, सहकोषाध्यक्षमा बीनु राना मगर चयन भएका हुन् ।

त्यसैगरी सदस्यहरुमा रोजिना गुरुङ, तिलकबहादुर अधिकारी, ज्योति केसी, सन्दिप सुवेदी, गंगाराज पौडेल र बिष्णु कार्की सर्वसम्वत रुपमा चयन भएका हुन । सुनील राना मगर र बिष्णु कार्की उक्त कार्यसमितिमा नयाँ अनुहार हुन् ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

दोश्रो वेगनास कप तयारी अन्तिममा

मेयर कप भलिबल

राष्ट्रपति रनिङ शिल्ड मुक्तिमार्ग माविलाई

दोश्रो सृजना कप आजदेखि

क्रिकेटमा नवलपुर विजयी

प्रमुख समाचार

चिर्पटले टाउकोमा प्रहारगरी बाबुको हत्या

थप प्रमुख समाचार

बतास फाउण्डेशनको रक्तदान

दोश्रो वेगनास कप तयारी अन्तिममा

मेयर कप भलिबल