स्मार्ट टाउनको कानूनी सचेतना

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७६
smart lions

पोखरा, ३१ भदौ । लायन्स क्लब अफ पोखरा स्मार्ट टाउन र राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको संयुक्त आयोजनामा कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । सौन्दर्य व्यवसायी र क्लबमा आबद्ध महिलाहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष कबिता श्रेष्ठले जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका चीफ एडभाइजर राजेन्द्रकुमार बाटाजुले कानूनका बारेमा सम्पूर्ण व्यक्तिहरुले जानकारी लिनुपर्ने बताए । ‘महिलाहरुलाई लक्षित गरी कानूनी सचेतना कार्यक्रम आयोजना गर्नु राम्रो कार्य हो,’ उनले भने ।

त्यसैगरी अधिवक्ता तथा सहजकर्ता दुर्गा भण्डारीले महिला अधिकार र कानूनी प्रक्रिया बारे जानकारी दिइन । उनले कानून ज्ञान अहिलेको आवश्यकता भएकोले नयां कानूनी व्यवस्थाबारे सचेत हुन आग्रह समेत गरिन्।

कार्यक्रममा बोल्दै राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका केन्द्रीय अध्यक्ष सुमन गुरुङले व्यवसायीलाई कानूनी प्रावधान सम्बन्धी जानकारीमूलक कार्यक्रमहरुलाई आगामी दिनमा निरन्तर दिने बताइन् ।

क्लबका अध्यक्ष कबिता श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा लायन्सका रिजन चीयरपर्सन लक्ष्मी बराल, जोन चीयरपर्सन ठाकुरप्रसाद अधिकारी, लायन्स क्लब अफ पोखरा मिड टाउनका अध्यक्ष सुरेन्द्र पौडेल, वाराही टाउनका अध्यक्ष कृष्ण श्रेष्ठ (रोजी), स्मार्ट टाउनका प्रथम उपाध्यक्ष लक्ष्मी शर्मा, द्वितीय उपाध्यक्ष निलम कर्मचार्य, सचिव पवित्रा शर्मा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका सचिव मनु राई,कार्यक्रम संयोजक प्रेरणा अधिकारी लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको वर्ष २०२४÷२५ का लागि अध्यक्षमा सूर्य पोख्रेल चयन भएका छन् । शनिबार…
  • लायन्स अन्नपूर्णमा गणेश छवि

    आदर्श समाज सम्वाददाता चैत्र १२, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अन्नपूर्णमा वर्ष २०२४/२५ का लागि गणेशलाल श्रेष्ठ ‘छवि’ सर्वसम्मत अध्यक्ष चुनिएका छन् । प्रथम…
  • लायन्स डिस्ट्रिक्क ‘जे’ को गभर्नरमा मीलन थापा

    आदर्श समाज सम्वाददाता चैत्र ४, २०८०
    पोखरा । लायन्स क्लव अन्तर्राष्ट्रिय अन्तर्गत डिस्ट्रिक्ट ३२५ ‘जे’ नेपालको डिष्ट्रिक्ट गभर्नरमा मिलन थापा चुनिएकी छन् । शनिबार पोखरामा सम्पन्न…
  • लायन्स आदर्श चौतारीको सहयोग

    आदर्श समाज सम्वाददाता चैत्र १, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले मंगलबार मानव सेवा आश्रम हेमजामा खाद्यान्न सामग्री सहयोग गरेको छ । त्यहाँ…
  • रोटरी युथ लिडरसिप अवार्डबाट नौलो अनुभूति

    आदर्श समाज सम्वाददाता माघ ४, २०८०
    पोखरा । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान अन्तर्गत रोटरी युथ लिडरसिप अवार्ड (राइला) सम्पन्न भएको छ । चारदिने कार्यक्रमबाट आफूहरुमा…

hero news full width