आमा मिलन सहकारीको साधारण सभा

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७६
aama

पोखरा, ३१ भदौ । आमा मिलन सहकारीको ९ औं बार्षिक साधारण सभा एवं ५ औं अधिबेशनबाट कृष्णबहादुर थापा क्षत्रीको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको छ ।

समितिको उपाध्यक्षमा खुमा लम्साल, सचिव राजकुमार घिमिरे, कोषाध्यक्ष गोविन्द्र तुलाचन चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा कमला श्रेष्ठ, तारा गिरी, चन्द्रीमाया शेरचन, लालुप्रसाद उपाध्याय, गंगा रिमाल रहेका छन् ।

नयाँ समितिले सल्लाहकार संयोजकका इन्दिर पौडेल र सदस्यहरुमा निर्मला घिमिरे, पृथ्वीराज तिमिल्सेना, लोकराज भण्डारी, सूर्यप्रसाद बराल, प्रेमराज पौडेल, हरिबहादुर भण्डारी, खडानन्द लामिछाने, टिकाराम पौडेल र कानूनी सल्लाहकारमा यामप्रसाद पौडेल छन् ।

उक्त कार्यक्रमका प्रमुख अतिथि जेष्ठ नागरिक धनकुमारी गुरुङ्गको प्रमुख आतिथ्यतामा अध्यक्ष कृष्ण बहादुर थापा क्षत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो । स्वागत मन्तव्य उपाध्यक्ष निर्मला घिमिरे, संचालन सचिव ध्रुवराज पौडेलले गरेका थिए । उक्त कार्यक्रममा संस्थासंग आबद्ध शेयर सदस्यका छोरा छोरी १० +२ र पि.एच.डी सम्म उतिर्ण बिद्यार्थी, जेष्ठ नागरिक, एकल महिलाहरुलाई सम्मान तथा पेन्सन स्वरुप नगद हस्तान्त्रण गरिएको थियो ।

सम्मानित हुने जेष्ठ नागारिक सदस्य मेघराज घिमिरे ,पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्मा, जानकी बाख्रापालन समूहका अध्यक्ष रोकबहादुर गुरुङ्ग, शेयर सदस्य याम प्रसाद पौडेल, अपिला ढकाल, दुर्गा थापा र संस्थाकी संस्थापक अध्यक्ष ईन्दिरा पौडेल, पूर्व अध्यक्ष पृथ्वीराज तिमिल्सीना शर्माले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width