पूर्वअध्यक्ष खिलराज रेग्मीलाई मातृशोक

रासस
भाद्र ३१, २०७६
khal

काठमाडौँ, ३१ भदौ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई मातृशोक परेको छ । उनकी आमा चित्रकुमारी रेग्मीको उपचारका क्रममा गएराति मिनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा निधन भएको अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिए ।

केही समयदेखि मुटुरोगको उपचार गराइरहेकी ९० वर्षीया रेग्मीको उपचारका क्रममा निधन भएको हो । स्व रेग्मीका तीन छोरा र चार छोरी छन् । उनको पार्थिव शरीरलाई गएराति नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width