काठमाडौँ, ३१ भदौ । पाँच महीनाको अवधिमा विपद्का घटनामा परी २७१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार २०७६ वैशाख १ देखि भदौ २९ गतेसम्ममा विपद्मा परी सो सङ्ख्यामा मृत्यु भएको हो । यस्तै, ६४६ घाइते भएका छन् भने ७६७ व्यक्ति विस्थापित भएका छन् ।
घटनामा परी एक हजार ६३ चौपाया मरेका छन् । चार हजार ६०७ घर डुबानमा परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता उमेशराज जोशीले विपद्का घटनाको उद्धारका लागि पाँच महीनामा १६ हजार प्रहरी जनशक्ति परिचालन गरेको जानकारी दिए । पाँच महिनाको अवधिमा १५ पुलमा क्षति, एक हजार ७६१ घर, २१७ गोठ र ७४ सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्का घटनाबाट रु दुई अर्ब ४२ करोड ५५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
सहप्रवक्ता जोशीले यस वर्ष अचानक विपद्मा परेका सबै व्यक्तिको सफल उद्धार गरिएको जानकारी दिए । नेपाल प्रहरीले विसं २०६८ मा विपद् व्यवस्थापन महाशाखा स्थापना गरी हाल देशभरका सातै प्रदेशमा शाखा स्थापना गरी उद्धार गर्दै आइरहेको छ ।
Related News
सम्बन्धित समाचार
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१प्रकट पगेनी ‘शिव’ को निधन
वैशाख ४, २०८१कामचलाउ मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने तयारीमा
वैशाख ४, २०८१फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ
वैशाख ३, २०८१