छोरी पाएर वन्ध्याकरण गर्नेलाई सम्मान

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०७६
bandakaran photo

पोखरा, ३० भदौ । छोरा नभएसम्म स्वर्ग पुगिन्न भन्ने सोच विस्तारै हराउन थालेको छ । छोरा वा छोरी २ मात्र सन्तान, इश्वरका वरदान भन्ने नारा सरकारले नै तयार गरेको पनि हो । छोरी मात्रै भएको परिवारलाई समाजमा गरिने व्यवहार राम्रो थिएन । समाजमा गरिने त्यस्तै व्यवहारको अन्त्यका लागि पोखराको एक महिला सहकारीले छोरी मात्रै जन्माएर बन्ध्याकरण गर्ने आफ्ना शेयर सदस्य महिलाहरुलाई सम्मान गरेको छ ।

छोरी मात्र जन्मेका कारण विभिन्न समस्यामा परेका महिला दिदी बहिनीहरुको पीडा देखेर हामीले हाम्रा सदस्यहरुले त्यस्तो निराशाजनक अवस्था भोग्न नपरोस् भनेर छोरी मात्रै जन्माएर वन्ध्याकरण गर्ने सदस्यहरुलाई सम्मान गरेर उत्साहित बनाउन थालेका हौ, सृजना महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पवित्रका पौडेल केसीको भनाइ छ ।

संस्थाको वार्षिक साधारणसभामा छोरी मात्र जन्माएर स्थायी वन्ध्याकरण गर्ने सदस्यहरुलाई सम्मान गर्दै आएको र हालसम्म २५ जनालाई सम्मान गरिएको अध्यक्ष केसीले बताए ।

शुक्रवार सम्पन्न १७ औं वार्षिक साधरणसभामा पनि संस्थाले ४ जना छोरी मात्रै जन्माएर स्थायी वन्ध्याकरण गर्ने सदस्यहरुलाई सम्मान गरेको छ । शेयर सदस्यहरु तारा आचार्य, इन्दिरा पोखरेल, विष्णु सापकोटा र शोखा पौडेललाई साधारणसभामा सम्मान गरिएको हो । संस्थाले गरेको सम्मानले छोरा छोरी बराबरी हुन् भन्ने सन्देश दिएको सम्मानित शेयर सदस्य इन्दिरा पोखरेलले बताइन् । सो अवसरमा जेष्ठ शेयर सदस्य लगायत उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।

संस्थाको साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जि.सी.ले गरेका थिए । सो अवसरमा बोल्दै उनले सहकारीहरुले अब सदस्यहरुको सन्तुष्टि मापन गर्नु पर्नेमा जोड दिए । सहकारीका सदस्यहरुको आर्थिक विकास, सामाजिक रुपान्तरण र नेतृत्व तथा क्षमता विकास हुनु पर्ने भन्दै उनले सदस्यहरुलाई सक्रिय बनाउन सञ्चालक समितिले योजना निर्माण गर्नु पर्ने बताए ।

कार्यक्रममा पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारी, जिल्ला सहकारी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष बलराम गौतम, संस्थाका सल्लाहकार निता बराल, सिर्जना विकास केन्द्रका अध्यक्ष मिनप्रसाद भट्टराई, जनप्रतिनिधि लक्ष्मी कौसल, कुलप्रसाद भण्डारी, शेयर सदस्य इन्दिरा पोखरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभामा संस्थाका सचिव सुष्मा पहारी बरालले प्रगती प्रतिवेदन, कोषाध्यक्ष तारा केसीले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक मीरा गिरीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाले तीन वटै प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

संस्थामा हाल ७ सय ५२ जना शेयर सदस्य, १ करोड ८४ लाख शेयर रकम, ६ करोड ४३ लाख निक्षेप, ७ करोड ४८ लाख कर्जा लगानी रहेको छ । महिलाहरुलाई आर्थिक रुपमा सबल र सामाजिक रुपमा शसक्त बनाउनका लागि विभिन्न खाले क्षमता विकास र नेतृत्व विकासका कार्यक्रम गर्दै आएको संस्थाले आगामीमा थप प्रभावकारी काम गर्नका लागि विभिन्न योजनाहरु निर्माण गरेको निवर्तमान अध्यक्ष कमला गिरीले बताइन् ।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width