नेपाल आइडलको अडिसनको तयारी

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०७६
nepal idol 3

पोखरा, ३० भदौ । अन्नपूर्ण मिडिया नेटवर्क प्रालि अन्तर्गतको एपीवान टेलिभिजनले सञ्चालन गरेको नेपाल आइडलको सिजन थ्रीको पोखरा अडिसनको तयारी पूरा भएको छ । भदौ ३१ गते मंगलबार पोखरा सिमलचौरको जनप्रिय माविमा अडिसन हुनेछ ।

एपीवान टेलिभिजनका तथा नेपाल आइडलका प्रोजेक्ट हेड तथा निदेशक सुरेश पौडेलले अडिसन बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने जानकारी दिए । पोखरा अडिसन लागि आवश्यक सबै तयारी पुरा भएको एपिवान गण्डकी प्रदेश ब्युरोका प्रमुख सागर राज तिमिल्सिनाले जानकारी दिए । पोखरापछि असोज ३ गते बुटवल, असोज ६ गते नेपालगन्ज, असोज १० गते वीरगन्ज र असोज १४ गते बिर्तामोडमा अडिसन हुनेछ ।

फर्म र प्रतियोगितमा भाग लिन कुनै शुल्क लाग्ने छैन । पोखरामा हुने अडिसनमा तनहुँ, स्याङ्जा, लमजुङ, गोरखा बागलुङ, म्याग्दी र पर्वतका विभिन्न ठाउँबाट समेत अडिसनमा भाग लिन आउने निर्देशक पौडेलले बताए ।

उनले अघिल्लो नेपाल आइडलमा भएका कमी कमजोरीलाई हटाएर अझ उत्कृष्ट कार्यक्रम बनाएको उल्लखे गरे । प्रतियोगिताको निर्णायकमा संगीतकार न्ह्यू बज्राचार्य, संगीतकार तथा गायक कालिप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी छन् । अमेरिकन आइडलको फ्रेन्चाइज लिएर एपीवान टिभीले ३ वर्षदेखि नेपाल आइडल गायन प्रतियोगिता सुरु गरेको हो ।

नेपाली नागरिकता भएका १६ देखि ३० वर्षभित्रका नेपालीले प्रतियोगितामा भाग लिन पाउनेछन् । सांगीतिक एल्बमका लागि गीत रेकर्ड गरिसकेका व्यावसायिक गायक र गायीकाले समेत यसमा भाग लिन सक्छन् ।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width