राजनीतिक भागबण्डाका संघसंस्था धारासायी – मुख्यमन्त्री गुरुङ

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०७६
b (1)

पोखरा ३० भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक हस्तक्षेप र भागबण्डा हुने अधिकाशं संघसंस्था धारासायी हुने गरेको बताएका छन् ।

साहारा क्लब पोखराको ११ औ अधिवेशनलाई सोमवार पोखरामा सम्वोधन गर्दै मुख्यमन्त्री गुरुङले राजनीतिक भागबण्डा मुक्त संघसंस्थाले उन्नति गरेको बताए । राजनीतिक मुक्त संघसंस्थाले सरकारबाट अनुदान पाएका हुदैनन, तरपनि राम्रो काम गरेर समाजमा प्रतिष्ठा कमाएका छन् साहारा क्लब पनि राजनीतिक भागबण्डा बिना नै चलेको र खेलकुद क्षेत्रमानेपालमै उदाहरणीय काम गरेको छ, मुख्यमन्त्री गुरुङले भने– राजनीतिक भागबण्डाबाट संचालित संस्थामा अस्थिरता आउने गरेको छ । आफ्नै पहलमा संचालित राम्रो काम गर्ने सस्थाहरुलाई प्रदेश सरकारले सधै प्रोत्साहन र आवश्यक सहयोग गर्ने आश्वासन समेत उनले दिए ।

राम्रो काम गर्ने संस्था पोखरामा केही छन्, राम्रो काम गरेकै कारण पोखराको हिमालयन आँखा अस्पताललाई ५० लाख रुपैयाँ र एसओएस बालग्रामलाई १ करोड रुपैयाँ प्रदेश सरकारले सहयोग गरेको जानकारी मुख्यमन्त्री गुरुङले दिए ।

साहारा एकेडेमी पोखरामा रहेका २४ जना जुनियर खेलाडीको सहयोगार्थ लाग्ने बार्षिक खर्च २०– ३० लाख खर्च प्रदेशले व्यहोर्ने घोषणा समेत मुख्यमन्त्री गुरुङले उक्त अवसरमा गरेका छन् । अझै पनि देश निर्वाह र गुजरामुखी अवास्थामा रहेको दृष्टान्त दिदै मुख्यमन्त्री गुरुङले सवै मिलेरदेशलाई समृद्धितर्फ जानु पर्नेमा उनले जोड दिए । सो अवसरमा साहारा पत्रकारिकता पुरस्कार २०७६ बाट नागरिक दैनिकका पोखरा संवाददाता सन्देश श्रेष्ठलाई सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width