मौजा स्वास्थ्य चौकीलाई सांग्रीलाद्वारा टेलिभिजन प्रदान

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०७६
mauja telivision bitaran programme_Fotor

पोखरा, लायन्स क्लब अफ पोखरा सांग्रिलाले मौजा स्वास्थ्यचौकीलाई एक थान टेलिभिजन हस्तान्तरण गरेको छ।

क्लबमा आवद्ध सदस्यहरुले रकम संकलनगरी पोखरा महानगर वडा नम्बर २० मा रहेको मौजा स्वास्थ्य चौकीलाई एक थान स्मार्ट टेलिभिजन प्रदान गरेको हो। शनिवार एक कार्यक्रमका बीच लायन्स क्लब अफ पोखरा सांग्रिलाका द्धितीय उपाध्यक्ष ज्ञानहरि आचार्य सहितको टोलीले पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष तथा स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका सीम गुरुङ र स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी शिव केसीलाई टेलिभिजन हस्तान्तरण गरेका हुन।

सो अवसरमा वोल्दै वडा नम्बर २० का अध्यक्ष सीम गुरुङले मौजा स्वास्थ्य चौकी आफैमा दुर दराजमा रहेको र प्रशस्त पूर्वाधारहरु नरहेको अवस्थामा लायन्स क्लब अफ पोखरा सांग्रिलालले टेलिभिजन हस्तान्तरण गरेकोमा धन्यवाद ब्यक्त गरे। लायन्स क्लबहरुले सहयोग गरेको खण्डमा आफ्नो वडाले समेत सहकार्य गरी मौजा र मोहोरियामा हरेक ३ महिनामा वृहत स्वास्थ्य शिविर संचालन गर्ने आफ्नो उद्देश्य रहेको गुरुङले बताए।

आफ्नो कार्यकालमा पोखरा २० मा गाउँघर क्लिनकहरु स्थापना गरी मौजा र मोहोरिया गाउँमा उपचार अभावमा जीवन विताइरहेका जनताहरुको सेवामा लाग्ने वताउदै स्वास्थ्य चौकीमा समेत आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे।

त्यस्तै मौजा स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी शिव केसीले मौजा स्वास्थ्य चौकीलाई लायन्स क्लव अफ पोखरा सांग्रिलाले प्रदान गरेको स्मार्ट टेलिभिजन मनोरन्जनका लागी प्रयोग नगरीकन हालै विद्यमान रुपमा माहामारीको रुपमा फैलिएको डेंगु रोग जस्ता विभिन्न रोगहरुको रोकथामका उपायहरुको वारेमा सेवाग्राहीलाई जानकारी दिइने वताए। स्वास्थ्य चौकीमा इन्टरनेट जडान गरिएकाले इन्टरनेटको माध्यामबाट विभिन्न रोगहरुको बारेमा सेवाग्राहीहरुलाई जानकारी दिइने उनको भनाइ रहेको थियो।

लायन्स क्लब अफ पोखरा सांग्रिलाका द्धितीय उपाध्यक्ष ज्ञानहरि आचार्यले आफुहरुको क्लब सधै मानवीय सेवामा लागी रहेको वताउदै सोही अनुरुप क्लबमा आवद्ध सदस्यहरु मिली मौजा स्वास्थ्य चौकीलाई स्मार्ट टेलिभिजन प्रदान गरिएको र आगामी दिनमा मौजामा स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागी वडा नम्बर २० र मौजा स्वास्थ्यचौकीसंग सहकार्य गर्ने प्रतिवद्धता ब्यक्त गरे।

क्लबका सचिव अनिल लामिछानेले संचालन गरेको कार्यक्रममा क्लबका सह सचिव केशव मर्सानीले स्वागत मन्तब्य ब्यक्त गरेका थिएभने प्रतीक सुवेदी, पोखरा महानगरपालिका वडा नम्बर २० सडक सञ्जाल समितीका संयोजक प्रकाश गुरुङ (मिथुन), डम्बर भुजेल, स्वास्थ्यचौकीका स्वयंसेवीकाहरु लगायतको उपस्थिति रहेको थियो।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width