हिमोफिलिया सोसाइटी गण्डकीमा अधिकारी

आदर्श समाज सम्वाददाता
भाद्र २९, २०७६
Homiyofilia_Fotor

हिमोफिलिया सोसाइटी गण्डकी प्रदेशको प्रथम साधारणसभा तथा अधिवेशनले प्रकाश अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्ष बालकृष्ण मल्ल, सचिव श्रीकृष्ण पौडेल, सहसचिव सूर्य सिँजाली(गोविन्द), कोषाध्यक्ष गायत्री केसी छन्।

सदस्यमा प्रकाश पौडेल, कृष्णबहादुर क्षेत्री (कुमार), पूजन सुनार, देवीलाल नेपाली, उमेश दर्लामी र मनिल श्रेष्ठ छन्। यसअघि साधारणसभा उद्घाटन गर्दै नेपाल नेत्रहीन संघका केन्द्रीय महासचिव एवं राष्ट्रिय अपाङ्गता महासंघका निवर्तमान केन्द्रीय सदस्य शिशिर खनालले हिमोफिलिया प्रभावितले आफूलाई बिरामी भनेर हिनताबोध गर्न नहुने बताए। उनले हिमोफिलियाबारे जनचेतना फैलाउन सक्रिय बन्न आग्रह गरे।

फिजियोथेरापिष्ट डा अजितकुमार पाण्डेले हिमोफिलिया प्रभावितलाई आवश्यक पर्दा सहज रुपमा फिजियोथेरापी सेवा उपलब्ध गराउने बताए। कार्यक्रममा नेपाल प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देल, सोसाइटीका सचिव मनिल श्रेष्ठ र प्रभावित बिर्खराज श्रेष्ठले बोलेका थिए। सोसाइटी अध्यक्ष गोविन्द भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम सचिव प्रकाश अधिकारीले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width