पुस्तक बेचेर विद्यालयलाई सहयोग

आदर्श समाज सम्वाददाता
भाद्र २९, २०७६
Computer sahayog_Fotor

बाल सुधार आधारभूत विद्यालय हरिनास–४, राम्चे, स्याङ्जालाई दुई थान कम्प्युटर सहयोग प्रदान गरिएको छ।

हरिनास–६ जन्म भै हाल बेलायतमा रहेका धनबहादुर थापा मगरको “क्याक्मिको कोसेली” कवितासंग्रहको बिक्रीबाट उक्त कम्प्युटर खरिद भई सहयोग भएको हो।

हालै एक कार्यक्रमबीच प्रमुख अतिथि नेपाल मगर महिला संघकी निवर्तमान केन्द्रीय उपाध्यक्ष खुमकुमारी राना थापाले विद्यालयका प्रधानाध्यापक कुलबहादुर विकलाई कम्प्युटर हस्तान्तरण गरिन्। उनी पुस्तक बिक्रीको संयोजक पनि हुन्। सोही कार्यक्रममा प्रमुख अतिथि थापाले पनि आफ्नातर्फबाट शैक्षिक सामग्री प्रदान गरेकी थिइन्।

विद्यालय सञ्चालक समितिका अध्यक्ष ढालबहादुर राना मगरको अध्यक्षतामा भएको सो कार्यक्रममा एसओएस बालग्राम पोखराकी आमा चन्द्रकला थापा मगर, विद्यालयका संस्थापक अध्यक्ष मनोरथ शर्मा, पूर्व शिक्षक केशर रानामागरले मन्तव्य राखेका थिए।

शिक्षक अशोक लम्सालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शिक्षिका चित्रकुमारी रानामगरले गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width