एनओसी अध्यक्षमा जीवनराम

आदर्श समाज सम्वाददाता
भाद्र २९, २०७६
Jivan Ram Shrestha, NOC Chairman_Fotor

नेपाल ओलम्पिक कमिटी (एनओसी) अध्यक्षमा पुनः जीवनराम श्रेष्ठ निर्वाचित भएका छन्।

कमिटीको शनिबार सम्पन्न निर्वाचनमा श्रेष्ठलेले निकतम प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठलाई मात्र ७ मतअन्तरले हराएका हुन्।

श्रेष्ठले १७ मत प्राप्त गर्दा उमेशलालले १० मत प्राप्त गरे।

महासचिवमा जीवनराम श्रेष्ठ प्यानलकै निलेन्द्रराज श्रेष्ठ विजयी बने। पाँच उपाध्यक्ष पदमा भएको निर्वाचनमा ज्योति राणा, चतुरानन्द राजवैद्य, तेजबहादुर गुरुङ, सुनिलकुमार श्रेष्ठ र अशोकरत्न बज्राचार्य विजयी बने।

उपमहासचिवमा भएको निर्वाचनमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतनकुमार टण्डन निर्वाचित भए। तीन सचिवमा दीपकहर्ष बज्राचार्य, तुलसी थापा र रामजीबहादुर श्रेष्ठ निर्वाचित भए।

सचिवका लागि भएको निर्वाचनमा केशवकुमार विष्ट असफल रहे। राखेपका पूर्व सदस्यसचिव समेत रहेका विष्ट १७ मतसहित पराजित बने। सात सदस्यको लागि भएको निर्वाचनमा रमेशप्रसाद शिवाकोटी, प्रकाशशमसेर राणा, गोपालसुन्दर लाल कक्षपति, दीर्घबहादुर केसी, होमबहादुर दोङ, टासी घले र राम अवाले विजयी बने।

Related News

सम्बन्धित समाचार

hero news full width