नाचगानसहित झिँमा होमस्टे शुरु

Avatar साधन राम्जाली
भाद्र २९, २०७६

रघुगंगा गाउँपालिका–५ स्थित झिँमा झिँ सामुदायिक होमस्टे (घरबास) संचालनमा ल्याइएको छ। पर्यटन मार्फत ग्रामीण अर्थतन्त्रको विकास र स्थानीयवासीलाई रोजगारी दिने उद्देश्यले होमस्टे संचालनमा ल्याइएको हो।

सामुदायिक होमस्टेको शुक्रबार गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गरे। भण्डारीले पर्यटनको प्रचूर सम्भावना बोकेको रघुगंगामा सामुदायिक होमस्टेले आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने विश्वास व्यक्त गरे। उनले पर्यटन मार्फत ग्रामीण अर्थतन्त्रको विकास र जीविकोपार्जन सुधारमा जोड दिएको बताउँदै गाउँपालिका भित्र रहेका पर्यटकीय स्थलहरुको विकासका लागि पुर्वाधार निर्माणलाई प्राथमिकता दिएको जानकारी दिए।

‘गाउँपालिकाले पर्यटन मार्फत ग्रामीण अर्थन्त्रको विकास र जीविकोपार्जन सुधारमा जोड दिएको छ, ’ अध्यक्ष भण्डारीले भने। गाउँपालिकाभत्र रहेका टोड्के, रुइसे, भेडिओडार, रिखार, मालिका, बेगको लामो पुल लगायत गाउँपालिकाको धार्मिक पर्यटकीय स्थल प्रवद्र्धनमा पूर्वाधार विकासमा प्राथमिकता दिइएको उनले सुनाए।

चौध लाख ३३ हजार २२ रुपैयाँ लागतमा चारकोठे होमस्टे निर्माण भएको होमस्टेका अध्यक्ष डेकप्रसाद गर्बुजाले बताए। दुई वटा कोठामा पाहुना सुत्ने ठाउँ बनाइएको छ। एउटा भान्छा र अर्को डाइनिङ हल छ। शौचालय र सयनकक्षको पनि सुविधा रहेको छ।

झिँका १९ घरमध्ये पहिलो चरणमा ९ घरमा होमस्टे शुरु भएको छ। थप घरमा पनि पूर्वाधार तयारी गरेर घरबास चलाउने योजना छ। पाहुनाघर निर्माण र होमस्टे सञ्चालनका लागि वन डिभिजन कार्यालयले १० लाख, गाउँपालिकाले १ लाख ४२ हजार र सञ्चालकले २ लाख ८४ हजार रुपैयाँ लगानी गरेका छन्। गाउँमा आउने पाहुनालाई भवनमा खाना खुवाएर आलोपालो प्रथा अनुसार होमस्टे सेवा भएको घरमा बास बस्ने सेवा दिइने अध्यक्ष गर्बुजाले बताए।

सामुदायिक होमस्टे अध्यक्ष गर्बुजाको अध्यक्षता भएको कार्यक्रममा सचिव गौरी गर्बुजाले सञ्चालन र सहसचिव लक्ष्मी शेरपुञ्जाले स्वागत मन्तव्य व्यक्त गरे।

कार्यक्रममा वडाध्यक्ष मनबहादुर शेरपुञ्जा, सव–डिभिजन वन कार्यालय रघुगंगाका फरेष्टर राम्जी शर्मा, महेन्द्र माविका प्रअ यामबहादुर शेरपुञ्जा, कार्यपालिका सदस्य रीति थजाली र स्थानीय गोविन्द पाइजाले मन्तब्य व्यक्त गरेका थिए। आमा समूहले गीत र नृत्य प्रस्तुत गरेका थिए।

धौलागिरि सेञ्चुरी पदमार्गको प्रवेशद्वार झिँ पर्यटकीय स्थल टोड्केको फेदीमा छ। टोड्के र गाउँको भ्रमणमा आउने पर्यटक सुविधाका लागि पाहुना घर र होमस्टे सञ्चालन गरिएको छ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

बन्दीपुरमा पर्यटक चहलपहल

पर्यटकीय स्थल घोडेपानीमा मोनाको तेस्रो अधिवेशन

मोना–बेनी–लभ्लीहिल पदमार्ग उद्घाटन

प्रमुख समाचार

मन्त्रिपरिषद् हेरफेर हुँदै

थप प्रमुख समाचार