गोरखा दरबारमा राखियो मूलढोका

रासस
भाद्र २८, २०७६
gorkha

गोरखा, २८ भदौ । ऐतिहासिक गोरखा दरबार पुनःनिर्माण शुरु भएको १६ महीनापछि शुक्रबार दरबारको मूलढोका राखिएको छ । आउँदो पुसको अन्तिमसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने दरबारको पुनःनिर्माणमा ढिलाइ हुँदा बल्ल मूलढोका राख्ने काम सकिएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले जानकारी दिए ।

दरबारमा पुरानै संरचनाअनुसार विधिपूवर्क परम्परागत शैलीको मूलढोका राखिएको छ । सूचना अधिकारी कट्टेलले भने “यसअघि भुईंतलामा रहने थामहरु राख्ने काम सकियो, परम्परागत इँटाको गारो लगाउने काम जारी छ ।” लामो समयदेखि विभिन्न कारण देखाउँदै निर्माणमा ढिलाइ भइरहेको दरबारको पुनःनिर्माणले अहिले गति लिएको छ ।

आउँदो दशैँअघिसम्ममा दरबारको पहिलो तला छाप्ने काम पुरा गरिने दरबार पुनःनिर्माणको जिम्मा पाएको पचली सिभाको जेभी कन्स्ट्रकसन प्रालिका प्रतिनिधि उज्वल श्रेष्ठले बताए । “भुईंतलालाई आवश्यक थप पाँच ढोका र आँखीझ्याल जडानको काम भइरहेको छ, काठको काम सकिएपछि गारोको काम सक्न धेरै समय लाग्दैन”, उनले भने ।

परम्परागत गारो लगाउँदा चुनासुर्कीको प्रयोग गरिएकाले एकैदिन धेरै गारो लगाउन मिल्दैन । त्यसलाई सुक्न दिनुपर्ने भएकाले स्वभाविकरुपमा ढिलाई हुन्छ । पुनःनिर्माणका लागि तोकिएको समयमा नभए पनि अहिलेको गतिअनुसार निर्माण अघि बढाउन सके र थप केही समस्या नभए अबको छ महीनामा निर्माण सम्पन्न गरिने ठेकेदार कम्पनीका प्रतिनिधिको दाबी छ । भनेको आकारको काठ नपाइनु तथा भ्यालढोकामा बुट्टा बनाउन अरु कामभन्दा गाह्रो हुने भएकाले तोकिएको समयमा निर्माण सम्पन्न गर्न अप्ठेरो परेको हो । “पुरानो शैलीमा परिवर्तन हुन दिनु भएन, त्यही शैली र बुट्टा निर्माण गर्दा राम्रोसँग हेरेर गर्नुप¥यो”, श्रेष्ठले भने “काम गर्ने सिकर्मीलाई सजिलो छैन ।” काठमाडौँबाट अनुभवी सिकर्मी ल्याएर बुट्टेदार दरबारको भ्यालढोका निर्माण भइरहेको छ ।

गोरखा भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको दरबारको पुनःनिर्माण पुरानै संरचनामा गरिएको हो । राष्ट्रिय पुरातत्व विभागसँग पुनःनिर्माणका लागि सम्झौता भए पनि पटक–पटक दरबारको जग निर्माणका लागि डिजाइनमा परिवर्तन भएकाले आफूहरुलाई काममा तीव्रता दिन गाह्रो भएको श्रेष्ठले दाबी गर्नुभयो ।

कम्पनीले सम्झौता भएको दुई वर्षभित्रमा पुनःनिर्माण सम्पन्न गर्ने गरी पुरातत्व विभागसँग ठेक्का सम्झौता गरेको छ । सम्झौताअनुसार कम्पनीले करीब १७ महीनाभित्र मन्दिर पुनःनिर्माण सक्नुपर्ने गरी सम्झौता भएको हो । विसं २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएर २०७५ को वैशाख ७ गतेदेखि विशेष साइत निकालेर दरबारको जग पूजा गरी पुनःनिर्माण शुरु भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width