सपथ ग्रहण सम्पन्न

आदर्श समाज सम्वाददाता
भाद्र २८, २०७६
photo 1

पोखरा, भाद्र २८गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा ६ को वडा कमिटीको सपथग्रहण सम्मन्न भएको छ।

नेकपाका केन्द्रीय सदस्य तथा कास्की सहइन्चार्ज भीमबहादुर कार्कीले वडाकमिटीका पदाधिकारीलाई शपथ ग्रहण गराएका हुन् । ४५ सदस्यीय वडा कमिटी जिल्ला पार्टी कार्यलयको सिफारिस तथा प्रदेश कार्यलयको अनुमोदनमा कमिटीका वडा सदस्यहरु चयन भएका थिए ।

नेकपाका जिल्ला कार्यलय सदस्य दामोदर बैरागीले अव सदस्यहरुले ५ वटा कामहरु प्राथामिकताका साथ गर्नु पर्ने बताए । अग्नी कंडेल, गोमा ढकाल लगायतले आफ्ना भनाई राखेका थिए । कार्यक्रम पोखरा महानगरपालीका वडा न. ६ क पार्टी कमिटीका अध्यक्ष नर्मला कँडेलको अध्यक्षतामा भएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width