रेल दुर्घटनामा ५० को मृत्यु, २३ घाइते

रासस
भाद्र २७, २०७६
Utkal1

काठमाडौं, २७ भदौ । कंगोमा बिहीबार भएको एक रेल दुर्घटनामा ५० जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

स्थानीय समय अनुसार बिहान ३ बजेतिर ताङगणन्यिक प्रान्तको मायिबारीदीमा रेल दुर्घटना भएको हो । कंगोका मानवीय सहायता मन्त्री स्टेभ एमबिकायीले दुर्घटनाको पुष्टि गर्दै कम्तीमा ५० जनाको मृत्यु भएको जनाएका छन् ।

दुर्घटनाका घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने इन्डिपेन्डेन्टले जनाएको छ ।कङ्गोमा रेल मार्गको अवस्था अत्यन्त कमजोर रहेको कारण रेल यात्रा असुरक्षित मानिन्छ । खराब अवस्थाको रेल मार्गका कारण धेरै दुर्घटना हुने र धेरै जनाको ज्यान जाने गरेको छ ।गत मार्चमा भएको अर्को एक दुर्घटनामा परी कम्तीमा २४ जनाको मृत्यु भएको थियो भने ३१ जना घाइते भएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width