करेण्टले दूधे बालिकाको मृत्यु

रासस
भाद्र २७, २०७६
office-outlets-848×480

जलेश्वर, २७ भदौ । महोत्तरी जिल्लाको औरही नगरपालिकाको श्रीपुर गाउँमा बिहीबार राति करेन्ट लागेर एक दूधे बालिकाको मत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार स्थानीय नरेश महतोकी तीन वर्षीया छोरी सीमाकुमारी महतोको करेन्ट लागेर मत्यु भएको हो ।

बालिका महतो आफ्नै घरमा खेलिरहेका बेला घरमा लगाइएको बिजुलीको बोर्डबाट भुँईतिर झुण्डिरहेको नाङ्गो तार छुन पुग्दा उनको करेन्ट लागेर ज्यान गएको हो । मृतक बालिकाको शव परीक्षणका लागि शुक्रवार बिहान जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width