अज्ञात समूहद्वारा स्काभेटरमा आगजनी

आदर्श समाज सम्वाददाता
भाद्र २६, २०७६
BN-Crassar-Udhog

म्याग्दी,२६ भदौ ।निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायाण जिसीको ३ ओटा स्काभेटरमा अज्ञात समूहले आगो लगाइदिएको छ । म्याग्दीको बेनी नगरपालिका ५ बगुवाखोलामा राखिएका जिसीको बिएन कन्टक्सनका तीनओटा जेसीभीमा अज्ञात समूहले बुधवार राति आगो लगाइदिएको हो ।

बेनी तथा जिल्लाका विभिन्न योजनाहरुमा काम गर्ने गरी तयारी अवस्थामा राखिएका स्काभेटरमा बुधबार राति आगो लगाइदिएको बिएन कन्टक्सनका संचालक नारायण जिसीले जानकारी दिए । उनले निष्पक्ष छानविनको माग समेत गरेका छन् ।

आगलागीबाट तीनओटै जेसीभी जलेर नष्ट भएका छन् । घटनास्थलमा प्रहरीको टोली पुगेको छ । पटकपटक अज्ञात समूहले धम्की दिने गरेको भएपनि आगलागी कसले गरेको हो भन्ने खुलेको छैन् । विगतमा समेत जिसीका विभिन्न निर्माण उपकरणमा आक्रमण हुने गरेको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीले आगजनी गर्नेको खोजी भइरहेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width