४६९ को दाँत उपचार

आदर्श समाज सम्वाददाता
भाद्र २६, २०७६
health phopto

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका– ९ भोटेओडारस्थित भूपू सैनिक आवासीय माध्यमिक विद्यालयमा निःशुल्क दन्त शिविर सञ्चालन गरिएको छ । दुई दिने उक्त शिविरमा ४ सय ६९ जनाको दाँतको जाँच तथा उपचार गरिएको छ ।

मस्र्याङ्दी कराते डोजो, भूपू सैनिक आमावि भोटेओडार र लमजुङ जेसिसको संयुक्त आयोजना तथा तालवाराही डेन्टल केयर सेन्टर प्रालि बेसीशहरको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको भूपू सैनिक आमाविका प्रिन्सिपल रेस गुरुङले बताए । उनका अनुसार शिविरमा ३ सय १५ जनाको दाँत झिकिएको, १ सय ३५ जनालाई निःशुल्क औषधि दिइएको छ ।

शिविरमा आएका १ सय ४९ जनालाई रिफर गरिएको तालवाराही डेन्टल केयर प्रालिका सञ्चालनक ज्ञानु केसीले जानकारी दिए । उनका अनुसार शिविरमा दन्त चिकित्सक डाक्टर अरुणकुमार शाहसहित १५ जनाले सेवा दिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width