फुटबल खेलाडीलाई दुर्घटना बीमा

आदर्श समाज सम्वाददाता
भाद्र २५, २०७६
IMG_8902

पोखरा, २५ भदौ । लायन्स क्लब अफ पोखरा पिस सिटीले पहिलोपटक फुटवल प्रतियोगितामा सहभागी हुने लायन्स खेलाडीलाई सामुहिक दुर्घटना बीमा गरेको छ ।

लायन्स क्लब अन्तर्रा्ष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा पिस सिटीको आयोजनामा असोज २ गतेदेखि ४ गतेसम्म पोखरामा सम्पन्न हुने छैटौँ अन्तर लायन्स सेवेन ए साइड फुटबल प्रतियोगिता–२०७६ मा सहभागी हुने लायन्स खेलाडीलाई सामुहिक दुर्घटना बीमाको व्यवस्था गरेको हो ।

अन्तर लायन्स फुटवल प्रतियोगितालाई सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले पहिलो पटक साथ दिएको छ । भाद्र २५ गते सगरमाथा इन्स्योरेन्सका सहायक महाप्रवन्धक कविराज पौडेल र आयोजक, लायन्स फुटवल प्रतियोगिताका संयोजक एवं क्लबका पूर्व अध्यक्ष टंकराज अधिकारी बीच सम्झौता भएको छ ।

खेल सञ्चालनको क्रममा खेलाडी रेफ्री र अफिसियल दुर्धटना भएमा ५ लाखसम्मको बीमा गरिएको छ । दुर्घटनाको कारणले औषधोपचार गर्न परेमा बिमाङ्क रकमको १० प्रतिशतले नबढ्ने गरी रु ५० हजार रुपैया सम्मको आवश्यक तथा वास्तविक औषधोपचार खर्च लिन सकिने इन्स्योरेन्स कम्पनीका सहायक महाप्रवन्धक पौडेलले जानकारी दिएका छन् । उनका अनुसार बीमा कम्पनीबाट जारी भएको विमालेखको लाभ तालिकाको क देखि ग सम्म र ङ समेतमा उल्लेखित लाभ लिन सकिने छ ।

लायन्स क्लब अफ पोखरा पिस सिटीले आफ्नो स्थापनाकालदेखि नै विभिन्न लायन्स क्लबहरुबीचमा आपसी भाइचारा एवं सम्बन्ध प्रगाढ गर्नका लागि स्पोर्ट फर फेलोसीप भन्ने मूल नाराका साथ अन्तर लायन्स फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएकोमा यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको प्रतियोगिताका संयोजक एवं क्लबका पूर्व अध्यक्ष अधिकारीले जानकारी दिए ।

उनका अनुसार डिष्ट्रिक्ट ३२५ बी १ मा मात्र सिमित रहेको प्रतियोगिता यसवर्ष देखि मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालअन्तर्गत चारवटै डिष्ट्रिक्टका लायन्स क्लबहरुलाई आमन्त्रण गरिएको छ । प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमलाई ४० हजार ५ सय ५५ र २५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै अनुशासित टिम, उत्कृष्ट खेलाडी, सर्वाधिक गोल कर्ता, उत्कृष्ठ डिफेन्स र उत्कृष्ट गोल रक्षकलाई पनि पुरस्कृत गरिने क्लबका अध्यक्ष अर्जुन सिग्देलले जानकारी दिए ।

प्रतियोगिताबाट बचेको रकम मानवीय सेवाका कार्यमा खर्चनुका साथै पोखरालाई खेलकूद पर्यटन शहरका रुपमा स्थापित गरी चिनाउने प्रयास गरिने अध्यक्ष सिग्देलले बताए ।प्रतियोगिता सम्पन्न गर्न क्लबका पूर्व अध्यक्ष टंकराज अधिकारीको संयोजकत्वमा २५ वटा बिभिन्न उपसमिति गठन गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width