बेनी–जोमसोम सडक ४ दिनदेखि अवरुद्ध

रासस
भाद्र २५, २०७६
130618-Travel-Day-1050-1-Removing-fallen-Rocks-from-the-Road-Nepal

गलेश्वर, २५ भदौ । आइतबारदेखि अवरुद्ध हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँगजोड्ने बेनी–जोमसोम सडक मर्मत हुन नसक्दा सवारी साधन सञ्चालन हुनसकेका छैनन् ।

सडकमा ४ दिनदेखि सीधा सवारी अवरुद्ध बनेको छ । सडकखण्डअन्तर्गत म्याग्दी र मुस्ताङको सीमाना घोप्टेभीरमा कालिगण्डकी नदीको कटानले सडकमा क्षति पुगेपछि सडक अवरुद्ध भएको हो । पहिराले सडकको करीब १० मिटर आधार नै भत्काएकाले भीरमा विष्फोटक पदार्थको प्रयोग गरी नयाँ ट्र्याक निर्माणको तयारी गरिएको छ ।

डोजरको सहायताले मात्रै ट्र्याक निर्माण नभएपछि विस्फोटक पदार्थको प्रयोगले भीर फुटाउने तयारी गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रमान शेरचनले जानकारी दिए । उनका अनुसार भत्किएको सडक मर्मतको काम भइरहेको छ । यात्रुले बीच सडकमा सवारी परिवर्तन गर्नुपर्ने बाध्यता छ । मुस्ताङ भ्रमणमा गएका र जाने पर्यटक, तीर्थयात्री र सर्वसाधारणलाई सास्ती भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width