मुक्तिनाथ बैंकद्वारा छात्रवृत्ति सहयोग

आदर्श समाज सम्वाददाता
भाद्र २४, २०७६
Muktinath bank_Fotor

मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र? कालिकोटलाई कालिकोट सामुदायिक विद्यालयका विद्यार्थीको शैक्षिक गुणस्तर सुधार्न छात्रवृत्ति रकम सहयोग गरेको छ।

समावेशिता आधारमा गरीब? अपाङ्ग? द्वन्द्वपीडित? दलित? महिला र आदिवासीलाई एसइई पास भई काठमाडौमा अध्ययन गर्न इच्छुक ६ जना विद्यार्थीलाई छात्रवृत्तिको लागि ३ लाख रुपैयाँ वित्तीय सहयोगस्वरुप चेक प्रदान गरेको बैंकले जनाएको छ।

सो चेक बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तीलबहादुर गुरुङले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटका अध्यक्ष टेकराज शाहीलाई हस्तान्तरण गरे।

हालैमात्र बैंकको आफ्नै रेमिट? मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भदौ १ देखि कात्तिक ३० सम्म लागू हुने गरी रेमिटेन्सकेन्द्रित ‘७६ साल ७६ उपहार? चाडपर्वसँग खुसीको बहार’ अभियान सञ्चालन गरेको जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width