बेगनास जल उपभोक्ता संस्थामा भण्डारी

कविराज खनाल
भाद्र २४, २०७६
begnas sichai pic_Fotor

वेगनास जल उपभोक्ता संस्थाको १४ औ वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले पुष्पराज भण्डारीको अध्यक्षमा कार्यसमिति चयन गरेको छ।

संस्थाको उपाध्यक्षमा कप्तानराज पौडल? सचिवमा विश्वराज? कष्णकुमारी पोख्रेल? लामिछाने? कोषाध्यक्षमा परशुराम पण्डित रहेका छन्।

सदस्यमा झनबहादुर पुन? माया पौडल? घनश्याम खनाल? चन्द्रकला अधिकारी? हरिश्चन्द्र अधिकारी? हेमराज अधिकारी? देवीलाल तिवारी? हरिकला सुवेदी? कृष्णप्रसाद ढकाल र हरिराज अधिकारी रहेका छन्। सल्लाहकारमा अक्कलबहादुर कार्की र वासुदेव लामिछाने रहेका छन्।

डिभिजन प्रमुख इ. किरण आचार्यले कार्यक्रम उद्घाटन गर्दै उर्वर र उत्पादनशील जग्गामा सिँचाइ गरिनुपर्नेमा जोड दिए।

संस्थाका अध्यक्ष अक्कलबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जलस्रोत तथा सिँचाइ इ. सुजन खड्का? पोखरा महानगरपालिका वडा २९ का वडा अध्यक्ष चेतबहादुर गुरुङ्ग? वडा ३१ का वडा सदस्य विष्णुबहादुर भुजेल? सेती जलाधार संरक्षणका सचिव कृष्णप्रसाद गौतम? जिल्ला जलस्रोतका सचिव वासुदेव लामिछाने? लगायतले नहर र सिँचाइलाई व्यवस्थित गर्दै अगाडि बढ्नु पर्ने धारणा राखेका थिए।

संस्थाका कोषाध्यक्ष परशुराम पण्डितले वार्षिक आयव्यव विवरण प्रस्तुत गरेका थिए भने सचिव पुष्पराज भण्डारीले भावी योजना प्रस्तुत गरेका थिए।

कार्यक्रममा सल्लाहकार सदस्य धु्रवराज अधिकारीले धन्यवाद ज्ञापन र सचिव भण्डारीले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width