नेतृत्व परिवर्तसँगै काँग्रेसले गति लिने -महामन्त्री कोइराला

आदर्श समाज सम्वाददाता
भाद्र २३, २०७६
BP Salik

लमजुङ, २४ भदौ । नेपाली काँग्रेसका महामन्त्री शंशाक कोइरालाले आगामी महाधिवेशनबाट नेपाली काँगे्रसको नेतृत्व परिवर्तन हुने त्योसँगै पार्टीले गति लिने दावी गरेका छन् । लमजुङको बनाइएको वीपीको अर्धकदको शालिक अनावरण तथा वीपी पार्कको उद्घाटन गर्दै महामन्त्री कोइरालाले कार्यकर्तालाई निरास र हतास नहुन आग्रह गरेका छन् ।

सुन्दरबजार नगरपालिका– ७ स्थित कृषी क्याम्पस हाताका नेपाल विद्यार्थी सघं एकाईले सो पार्क र शालिक निर्माण गरेको हो । उद्घाटन मन्तव्यमा कोइरालाले अबका दिनमा काँग्रेसको एकता क¥याङकुरुङ हाँसको जस्तो हुने बताए । उनका अनुसार भि आकारमा एकता बद्ध भई उड्ने करयाङकुरुङ हाँस साईबेरीया देखि नेपालको चितवन र भारतसम्म उडेर आउने गरेका छन् ।

उनले भने ‘त्यसरी भि आकारमा एकाबद्धता भएर उड्दा पछाडि लाईनमा हुने पंक्षीहरूलाई ७५ प्रतिशत हावाको बेग घट्छ तर अगाडि हुने हाँसलाई पुरै वेगले हान्ने वताउदै अगाडिको हाँस थाकेपछि पछाडिको हाँस अगाडि आउछ र ती हाँसहरू अगाडि पछाडि गर्दै आफ्नो १० हजार किलोमीटरको दुरी पार गर्दे गन्तव्यमा पुग्ने गर्दछन् ।’

अब नेपाली काँगे्रसको नेतृत्व पनि परिवर्तन गर्ने र त्यसरी नै एकताबद्ध हुने बेला भएको वताए । उनले भने, ‘नजिकिदै गरेका काँग्रेसको माहाधिवेसनमा नेतृत्व परिवर्तन गर्ने र त्योसँगै पार्टी एकता भई पार्टीले नयाँ गति लिने भन्दै कार्यकर्तालाई निरास र हतास नहुन आग्रह गर्दछु ।’

उक्त शालिक तथा पार्क निर्माणका लागि १२ लाख रुपैयाँ खर्च भएको नेपाल विद्यार्थी संघ कृषी क्याम्पस ईकाईका अध्यक्ष भुपी पौडेलले बताए । उनका अनुसार ७७ जिल्लाबाट सो क्याम्पसमा अध्ययन गर्न आएका विद्यार्थीहरू तथा स्थानीय लमजुङबासीहरूले उक्त शालिक तथा पार्क निर्माणका लागि ५ सय देखि ५० हजारसम्म आर्थिक सहयोग गरेका छन् ।

सो अवसरमा नेपालीका काग्रेसका केन्द्रीय सदस्यहरू दिलवहादुर घर्ती, युवानेता प्रदीप पौडेल, नेपाली काँगे्रस गण्डकी प्रदेशका प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपाली, नेपाली काँग्रेसका जिल्ला सभापति भेषवहादुर पौडेल लगायतले विपिले प्रतिपादन गरेका सिद्धान्तलाई आत्मसाथ गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width